मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १३:५९:oo

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकका लागि तीनवटा एजेन्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिपाेर्टिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेन्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेन्डा छ । तेस्रो एजेन्डामा विधान संशोधन प्रतिवेदन पेस गर्ने विषय रहेको छ ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । विधानसम्बन्धी कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

स्थानीय तहको सम्मेलन विषयमा कार्यविधि बनाउन कार्यदलमा महासचिव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।