मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ५ बुधबार २o:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनको रास्वपाद्वारा भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार २o:४५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको आफ्नो बचत रकम फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधबार काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको भर्त्सना गरेको छ। रास्वपाको आज (बुधबार) बसेको केन्द्रीय समितिको बैठकले नागरिकमाथि प्रहरी दमनको भर्त्सना गरेको हो।

रास्वपाले आमनागरिकले पाई पाई गरेर जम्मा गरेको बचत रकम फिर्ताको उद्देश्यले आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार भएको र पीडित सर्वसाधारणका हक प्राप्तिमा प्रभावकारी कदम चाल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम भएको बताएको छ। यसले सरकार नागरिकका समस्याप्रति असंवेदनशील रहेको पुष्टि हुने रास्वपाको भनाइ छ। तसर्थ, सहकारीपीडितका मुद्दा समाधान तथा दोषीउपर अविलम्ब कानुनी कारबाहीका लागि प्रभावकारी कदम चाल्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ। 

पार्टीले दोस्रो चरणको आन्दोलनका तात्कालीक स्वरूप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत २४ कात्तिकको  केन्द्रीय समितिको निर्णयबमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याजपीडित, भ्रष्टाचारका काण्डहरूको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधनलगायतका राष्ट्रिय मुद्दाहरूको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको छ।

यस्तै, पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा  केही दिनयता प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्ति पक्राउ परेको सन्दर्भमा सत्यतथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ।