बिपी राजमार्गको धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्ती खोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेकोले राति नाै बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं सडक डिभिजन भक्तपुरले अर्को सूचना जारी नगरेसम्म सडक अवरुद्ध रहने जनाएको छ। विभागका अनुसार राति नौ बजेदेखि बिहान चार बजेसम्म सडकमा सवारीसाधन सञ्चालन गर्न पाइनेछैन।