मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा १७ रोपनी गाँजाखेती नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १३:३४:oo

धनकुटाको विभिन्न स्थानमा अवैध रूपमा लगाएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ। जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रेका र अवैध रूपमा लगाएको करिब १७ रोपनी क्षेत्रफलमा रहेको आठ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीले गाँजाखेती नष्ट गर्ने अभियानअन्तर्गत जिल्लाको साँगुरीगढी गाउँपालिका–८ मा तीन रोपनी क्षेत्रफलमा लगाएको करिब दुई हजार गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ। त्यस्तै, सहिदभूमि गाउँपालिका– ७ मा पाँच रोपनी क्षेत्रफलमा लगाएको एक हजार पाँच सय बोट र सोही गाउँपालिकाको वडा नम्बर १ मा नाै रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बोट गरी आठ हजार पाँच सय बोट फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरीले जनाएको छ।

कानुनी रूपमा अवैध मानिएको गाँजाखेतीलाई नष्ट गर्ने कार्यमा पछिल्लो समय प्रहरीले सक्रियता देखाउँदै आएको छ। यो अभियान निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले बताए।