मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

स्थानीय उत्पादन प्रवर्द्धन गर्न धनकुटामा प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १३:o९:oo

धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिएको छ। धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै किसान एवं उद्यमीहरूलाई प्रोत्साहन गर्न नगरपालिकाको प्रांगणमा एकदिने प्रदर्शनी आयोजना गरेको हो।

पूर्वराज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दीप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरे। कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलगायतले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धनमा सघाउ पुर्‍याउने धारणा राखे।

स्थानीय किसानले फलाएका फलफूल, तरकारीसहित स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखिएको थियो। २२ वटा स्टलमार्फत गरिएको प्रदर्शनीमा एभोकाडोका स्टल धेरै थिए। प्रदर्शनीमा एउटै एभोकाडो एक किलो २३० ग्रामसम्मको थियो।

प्रदर्शनीमा करिब एक हजार चार सयजनाले अवलोकन गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए। पाँच वर्षअघि नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर धनकुटा नगरले यसको प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आएको छ। धनकुटामा अहिले चार हजार ९२६ परिवारले १२ हजार ९९ रोपनी क्षेत्रफलमा एभोकाडो खेती गर्दै आएका छन्। नगरपालिकामा एभोकाडो खेती गर्नेको संख्या बर्सेनि बढिरहेको छ।