Skip This
रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई नेपाल भ्रमणमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई नेपाल भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १७:५८:oo

रसियन कम्युनिस्ट पार्टी (सिपिसिआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणको क्रममा काठमाडौं आइपुगेको छ। एकीकृत समाजवादीको विदेश विभागको निमन्त्रणामा सिपिसिआरका अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोबिचको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो।

प्रतिनिधिमण्डलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी विदेश विभाग सचिव डा. शंकर खतिवडाले बताए।

प्रतिनिधिमण्डलले अन्य कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग समेत भेटघाट गर्नेछ। उक्त प्रतिनिधिमण्डल आगामी १ मंसिरमा एकीकृत समाजवादीको विदेश विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एकदिवसीय गोष्ठीमा सहभागी हुने खतिवडाले जानकारी दिए।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्यटकीय क्षेत्रहरूको भ्रमणसमेत गर्ने तय भएको छ।

प्रतिनिधिमण्डलले पर्यटकीय नगरी पोखराको दुईदिने भ्रमण गर्नेछ। पोखरा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ। प्रतिनिधिमण्डल ५ मंसिरमा मस्को फर्कनेछ।