१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंक र विद्युतीय व्यवसायी महासंघबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १४:३७:oo

गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबिच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। कात्तिक २८ गते बुधबार विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघका तर्फबाट अध्यक्ष रेशमप्रसाद देवकोटाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् नेपाल विद्युतीय उपकरण व्यवसायी महासंघले संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्ने बताइएको छ। महासंघमा आबद्ध उद्यमीले गरिमा विकास बैंकबाट केही समयअधि सार्वजनिक आर्कषक ब्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्नेछन्।

साथै, प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घरकर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरूसमेत प्राप्त गर्ने बैंकले जनाएको छ। सो प्रयोजनको लागि बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ।

काठमाडाैंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडाैं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।