१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २९ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणेश हिमाल बेस क्याम्पमा फसेकाहरूको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १३:२८:oo

गणेश हिमाल बेस क्याम्पनजिकै धादिङको रुबीभ्याली गाउँपालिका–४, बगममा फसेकाहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

हाई अल्टिच्युट र चिसोका कारण बिरामी परेर सोमबार रातिदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगानालाई उद्धार गरी रुबीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ ल्याइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

बुधबार दिनभर उद्धारको प्रयास भए पनि खराब मौसमका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेर फर्किएको थियो। हाई अल्टिच्युट र चिसोका कारण लेक लागेर उनीहरू स्वास्थ्य समस्यामा परेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार हिन्दुङ आइपुगेका उनीहरू अहिले आराम गरिरहेका छन्। ‘केही समय हिँडेर सवारीको माध्यमबाट धादिङबेँसी आउने कि काठमाडौं जाने उहाँहरू आफैँले निर्णय गर्नुहुनेछ। अहिले उहाँहरूको अवस्था सामान्य छ,’ अर्यालले भने।

पर्यापर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली १० दिनका लागि रुबीभ्याली यात्रामा थिए।