मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २५ आइतबार o८:o५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार o८:o५:oo

राजनीतिमा मोर्चाको आवश्यकता किन पर्छ ?
राजनीतिमा मोर्चाको आवश्यकता जहिल्यै रहन्छ । २००७ सालपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको अवस्थामा पनि टंकप्रसाद आचार्यको प्रजा परिषद् र कम्युनिस्ट पार्टीका जनवर्गीय संगठनहरूबीच मोर्चा बनेको थियो । सरकारका गलत काम कारबाहीविरुद्ध एक्लो आवाज कमजोर हुने हुँदा मोर्चा बन्नु सामान्य हो । सामान्यतः ‘लाइक माइन्डेड’ शक्तिबीच मोर्चा दुई उद्देश्यले बनाइन्छ– निर्वाचनमा शक्ति आर्जन गर्न या आन्दोलनलाई सशक्त बनाउन । भारतमा पनि निर्वाचनकेन्द्रित मोर्चा बनिरहेकै देखिन्छन् । हामीकहाँ पनि प्रचण्ड प्रधानमन्त्री हुँदा साना दलहरू मिलेर दुई ठुला दलसित ‘बार्गेनिङ पावर’ बढाउन मोर्चा बनाइएको हो । 

सत्तामा पुग्दा बिर्सिने र बाहिरिएपछि सम्झिने प्रवृत्तिले मोर्चा टिकाउ होला त ?
कुनै पनि मोर्चा टिकाउ हुन त्यसमा आबद्ध शक्तिहरूबिच विश्वासको वातावरण र व्यवहारमा इमानदारी आवश्यक हुन्छ । तर, प्रचण्ड प्रधानमन्त्री हुँदा केपी ओलीकै ‘डिजाइन’मा भए पनि सत्ता लम्ब्याउन सकिने आशाले मोर्चामै आबद्ध उपेन्द्र यादवको दल फुटाइयो । अहिलेको मोर्चामा आबद्ध दलहरूका आआफ्नै स्वार्थ र दाउपेच छन् । उनीहरूमा विश्वास र इमानदारीको कमी छ । यस्तो अवस्थामा मोर्चा टिकाउ हुने सम्भावना कम हुन्छ ।  

नेपाली राजनीतिमा अझै पनि मोर्चाको प्रभावकारिता र सान्दर्भिकता बाँकी नै छ त ?
नेपाली राजनीतिमा मार्चाको प्रभावकारिता र सान्दर्भिकता बाँकी मात्र होइन, झनै बढेर गएको छ । राजनीतिमा सामान्यतः एक ठुलो दलले साना दलको साथ र सहयोगमा सरकार बनाउँछ । अर्को ठुलो दल प्रतिपक्षमा रहेर सरकारका कमी, कमजोरीविरुद्ध खबरदारी गर्छ । तर, हामीकहाँ दुई ठुला दल मिलेर बलियो सरकार बनाएका छन् । यो एक प्रकारको राजनीतिक बेइमानी हो । यस्तोमा उनीहरूका कमी, कमजोरी र बेइमानीविरुद्ध खबरदारी गर्नकै लागि पनि मोर्चाको प्रभावकारिता बढेर गएको छ ।