संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

सुनसरीस्थित सशस्त्र प्रहरी बल– ४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । 

सशस्त्र प्रहरी बल– ४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए–नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो।

टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए । 
 

सुझावित समाचार