तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कार्तिक नाच आजदेखि पाटन दरबार क्षेत्रमा सुरु हुने भएको छ।
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको हो। यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ। ३० कार्तिकसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीलाअनुसारका नाच देखाइन्छ।