१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Friday, 08 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २४ बिहीबार १o:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १o:३१:oo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको काठमाडौंमा बुधबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सेयरधनीहरूलाई आर्थिक वर्ष ०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुनेछ । तर, नेपाल बिमा प्राधिकरणको निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने र चुक्तापुँजी पुर्‍याउन सात प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । कम्पनीका अध्यक्ष शिक्षा भट्टचनज्यूको अध्यक्षतामा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।