१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
रासस क्वालालम्पुर
२o८१ असोज ६ आइतबार १५:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

Read Time : < 1 मिनेट
रासस, क्वालालम्पुर
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १५:१o:oo

मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरी महानिरीक्षक रज्जारुद्दिन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जिआइएसबी)का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताए।

प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको जिआइएसबी समूहलाई अनुसन्धानको दायरामा राखेको थियो। पक्राउ परेकामध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३० जना सदस्य रहेका थिए।

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए। अपरेसनमा कम्तीमा १८६  पीडितको उद्धार गरिएको उनको भनाइ छ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दिन हुसेनले मंगलबार यस समूहसँग सम्बन्धित ९६ वटा बैंक खाताहरू फ्रिज गरेको बताएका थिए, जसमा लगभग एक लाख २४ हजार डलर रहेको थियो।