१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको आक्रमणबाट नवलपुरमा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १४:४७:oo

नवलपुरको गैँडाकोटमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन्। गैँडाकोट– ६ नगर वननिवासी ५५ वर्षीय नेप्ते कुमाललाई घाँस काट्न जाँदा गैँडाले आक्रमण गरेको हो।

आक्रमणबाट कुमालको ढाडमा चोट लागेको छ। उनको भरतपुर अस्पताल भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यसैबिच नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएका छन्। गएराति हुप्सेकोट गाउँपालिलका– ३ घर्ती टोलको भित्री सडक खण्डमा गिरुबारीबाट बेलुवातर्फ आउँदै गरेको ना.४८प ९२१० नम्बरको मोटरसाइकलले सडकछेउ बसिरहेका दुईजनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपश्चात् थप उपचारका लागि गएराति नै चितवन मेडिकल कलेज पठाइएको छ।

दुर्घटनामा परी हुप्सेकोट– ५ बसेनीनिवासी ३८ वर्षीय नरबहादुर ठाड र १७ वर्षीया रूपा रजाली घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।