१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महकिसानको समस्या अध्ययन गर्न समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १४:३९:oo

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या  अध्ययन गर्न एक समिति  गठन गरेका छन्। 

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको सहभागितामा बसेको  बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरेर नौ सदस्यीय समिति गठन गरेका हुन्। 

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरेर कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरेर स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि महकिसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए। 

समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए। महकिसानहरूले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह  बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन्। 

मह आयात रोके पनि सिरफको रूपमा यसकाे आयात भइरहेको भन्दै महकिसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्नेलगायतका माग सरकारसमक्ष राखेका छन्।