Skip This
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनालाई तीन प्रश्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार o८:१७:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o८:१७:oo

वाणिज्य विभागले दैनिक अनुगमन गरिरहेको तथ्यांक देखाउँछ, तर प्रभावकारिताचाहिँ देखिन्न नि ?
विभागका अनुगमन निरीक्षकहरूले झारा टार्ने हिसाबले मात्रै अनुगमन गर्छन् । दैनिक १–२ टोली गाडीमा निस्किने, मन लागेको पसल र फर्ममा गएर मूल्यसूची, साइनबोर्ड, दर्ता–नवीकरणलगायत कागजात हेर्ने र आवश्यक निर्देशन दिने मात्रै गर्छन् । मूल्य, गुणस्तर र कार्टेलिङमा हस्तक्षेप गर्नेगरी बजार अनुगमन हुन नसकेकाले प्रभावकारिता नदेखिएको हो ।

वर्षौंदेखि यही शैलीमा अनुगमन भइरहेको छ, सरकारी निकायले सुधार गर्न किन नखोजेका होलान् ?
प्रभावकारी अनुगमनका लागि अलि बढी खटिने र मिहिनेत गर्नुपर्ने हुन्छ । कर्मचारी मिहिनेत गर्नै चाहँदैनन् । अर्कातिर वाणिज्य विभागको प्रशासन क्षेत्रका कर्मचारी अनुगमनमा जाने गरेका छन् । अनुगमनमै दक्षता हासिल गरेका वा प्राविधिक क्षेत्रका जानकार अनुगमनमा जाने गरेका छैनन् । तालुकदार मन्त्रालयका सचिव, मन्त्री र प्रधानमन्त्रीसमेतले बजार अनुगमनलाई प्राथमिकतामा नराख्दा पनि सुधार देखिन नसकेको हो ।

प्रभावकारी अनुगमन प्रणाली सुधारका लागि के गर्नुपर्ला ?
वाणिज्य विभागले प्रभावकारी अनुगमन गर्दैन भन्ने पुष्टि भइसक्यो । त्यसैले, सोमबार दिउँसो उद्योगमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको उपभोक्ता संरक्षण परिषद्ले गरेको प्रस्तावअनुसार प्रभावकारी अनुगमनका लागि एकीकृत उपभोक्ता संरक्षण प्राधिकरण गठन गर्नुपर्छ । त्यस्तै, यथाशीघ्र उपभोक्ता अदालत गठन गरी दोषीलाई दण्ड र सजायको ‘फास्ट ट्र्याक’बाट फैसला हुने व्यवस्था मिलाउनुपर्छ ।