१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Wednesday, 16 October, 2024
२o८१ भदौ २४ सोमबार o८:४८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o८:४८:oo

प्रहरीमा दैनिक औसत १६६ मुद्दा दर्ता हुनुले के संकेत गर्छ ?
पछिल्लो तथ्यांकसँग अपडेट नभए पनि हामी कार्यरत रहँदा वर्षमा करिब २७ हजारजति मुद्दा दर्ता हुन्थे । अहिले पक्कै पनि त्यो संख्या बढेको होला । किनकि, पछिल्लो समयमा जनसंख्या पनि बढेको छ । लागु औषधसँग सम्बन्धित मुद्दा व्यापक बढेको छ । मदिरा सेवनले समुदायको सुरक्षामा चुनौती थपेको छ । आत्महत्याको तथ्यांक पनि चुनौतीपूर्ण बन्दै गएको छ । ठगीका घटना बढ्दै गएका छन् । साइबर अपराधको ‘ग्राफ’ बढेको छ । कसुरको परिभाषा पनि फराकिलो बनेको छ । नागरिक पनि सचेत भएका छन् । यसैको परिणामस्वरूप प्रहरीमा मुद्दा दर्ताको क्रम बढेको हुनुपर्छ ।  

प्रहरीसँग उपलब्ध जनशक्ति र साधनस्रोतले मुद्दाको बढ्दो चाप धान्न सक्छ ?
नेपाल प्रहरीमा निकै राम्रा अनुसन्धान अधिकृतहरू हुनुहुन्छ । उहाँहरूले निकै राम्रो काम गर्दै हुनुहुन्छ । तर, मुद्दाको चाप धान्न प्रहरीको फरेन्सिक ल्याबको स्तर र क्षमता बढाउनुपर्छ । प्रहरीलाई नयाँ नयाँ प्रविधि र वैज्ञानिक उपकरणको ‘सपोर्ट’ हुनुपर्छ । अपराध अनुसन्धानमा सेवा विशिष्टीकरण गरिनुपर्छ । अपराध अनुसन्धानमा खटिएको जनशक्तिले अलिक लामो समयसम्म काम गर्न पाउनुपर्छ । अपराधका प्रकृतिअनुसार जनशक्ति र तालिमको व्यवस्था हुनुपर्छ । सम्पूर्ण जनशक्तिको कम्तीमा २० प्रतिशतलाई अपराध अनुसन्धानमा खटाउनुपर्छ । 

अपराध नियन्त्रण गर्न सरकार र प्रहरी संगठनले के–कस्ता रणनीति अंगीकार गर्नुपर्ला ? 
सरकार र संगठनले मुद्दाको प्रकृति विश्लेषण गरी त्यसको रोकथामको रणनीति बनाउनुपर्छ । समस्याको जरैसम्म नपुगी अपराध न्यूनीकरण सम्भव छैन । अपराधको कारणमाथि नै ‘हिट’ गर्न सक्नुपर्छ । यसका लागि तीनै तहका सरकार र संगठनले मिलेर काम गर्नुपर्छ ।