फ्रान्सको पेरिस सहरमा बुधबारदेखि पारा ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुँदै छ । नेपालबाट तेक्वान्दोमा सहभागी हुने पलेशा गोवर्धन र भरतसिंह महताका प्रतिद्वन्द्वी टुंगो लागेको छ ।
मंगलबार निकालिएको ‘ड्र’मा भरतले पुरुष ५८ केजीमुनि पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । महिला ५७ केजीमुनि पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध खेल्नेछिन् । पौडीका भीमबहादुर कुमालले ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउनेछन् ।