लगातारको वर्षाका कारण लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखाल नगरपालिका– ८ पचास किलोस्थित अरनिको राजमार्ग सडकखण्डमा दुईतर्फी सडक अवरुद्ध भएको हो।
प्रहरीका अनुसार अविरल वर्षातका कारण भिरबाट लेदोसहितको पहिरो आएर दुईतर्फबाटै सडक अवरुद्ध भएको हो।
अवरुद्ध सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको छ। सडक विभागसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।