मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Wednesday, 22 January, 2025
२o८१ श्रावण २० आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ५ प्रतिशत पनि उठाउन सकेन राजस्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार o९:२१:oo

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ४ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई आर्थिक वर्ष ०८०/८१ मा २८ अर्ब ६६ करोड २५ लाख संकलनको लक्ष्य दिएकोमा एक अर्ब ४१ करोड ४० लाख मात्रै उठाएको नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

आर्थिक वर्ष ०७९/८० मा २९ अर्ब ३२ करोड ९५ लाखको लक्ष्य दिइएकोमा १८ अर्ब १९ करोड ६९ लाख राजस्व संकलन भएको थियो । डिजेल, पेट्रोल, चामल, खाना पकाउने एलपी ग्यास आयातबाट हुने राजस्व घट्दा कार्यालयले लक्ष्य पूरा गर्न नसकेको उनले बताए । 

नेपालगन्ज भन्सार कार्यालयले मूल्यका आधारमा मुख्य ५० पैठारी वस्तुमध्ये फलाम, दाल, टायल, हवाई इन्धन (एटिएफ), फलामे संरचना, केरा, सुती कपडा, अन्य कपडा, फलामे मिश्रण, मेसिनरी पार्ट, प्लास्टिक सिट र प्लास्टिकका टायल आयातमा कमी आउँदा राजस्वमा पनि कमी आएको छ । 

तर, पेट्रोल, गहुँ, भटमासको पिना, धान, केबल तथा तार, मकै, तोरी तथा तोरीजन्य वस्तु, फलामे पत्रु, आलु, हरियो प्याजलगायत वस्तु आयातमा वृद्धि भई राजस्व संकलन बढेको छ । विश्वव्यापी रूपमा रहेको आर्थिक मन्दीका कारण भारतबाट आयात हुने वस्तुमा कमी आएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । उनले भने, ‘आयातमा कमी हुँदा राज्यले दिएको लक्ष्य पूरा गर्न नसकिएको हो ।’
 

छुटाउनुभयो की ?