Skip This
समृद्धिको फसल कफी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 19 September, 2024
२o८१ श्रावण १९ शनिबार o९:५४:oo
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

समृद्धिको फसल कफी

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o९:५४:oo

८६ वर्षअघि नेपाल भित्रिएको कफी जापान, बेलायत र स्विट्जरल्यान्डसम्म निर्यात हुन्छ । विश्वमा सर्वाधिक लोकप्रिय ‘अराबिका’ श्रेणीको कफी उत्पादनका लागि नेपाल उर्वर मानिन्छ । १२ लाख हेक्टरमा खेती सम्भावना भए पनि मुस्किलले ३६ सय हेक्टरमा मात्रै उत्पादन हुन्छ ।

नवौँ शताब्दीमा इथोपियामा भेटिएको कफी नेपालमा भने सन् १९९५ मा मात्रै भित्रिएको किंवदन्ती छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गुल्मीको आँपचौरनिवासी हीरा गिरीले बर्माबाट कफीको बिरुवा ल्याएर पारिवारिक खेतीको सुरुवात गरेका थिए । कालान्तरमा, कफी मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने प्रमुख कृषिउपजमध्ये एक बन्न पुगेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सन् २०१० देखि नेपालबाट निर्यात सम्भावना भएका वस्तुहरूको सूचीकरण गर्दै ‘नेपाल व्यापार एकीकृत रणनीति’मा समावेश गरेको छ । त्यसयता कफीको उत्पादन बढाएर आन्तरिक खपत वृद्धि गर्नेदेखि निर्यात गर्नेसम्मका कार्यक्रम सञ्चालन भइरहेका छन् । 

कफीको जननी मानिएको गुल्मीमा अहिले साना–ठूला सयौँ बगैँचा छन् । बोर्डका अनुसार देशभर ४० जिल्लामा कफीखेती भए पनि गुल्मीमा सबैभन्दा धेरै र राम्रो गुणस्तरको उत्पादन हुने गरेको छ । गुल्मीमा कफीको व्यावसायिक उत्पादन गर्न ०४२ मा कफी विकास केन्द्र स्थापना गरिएको थियो । केन्द्रले सुरुवातदेखि नै कफीको बिरुवा उत्पादन तथा बिक्री–वितरण गर्ने, बगैँचा तथा नर्सरी व्यवस्थापन गर्ने, नयाँ अनुसन्धान र परीक्षण तथा प्रविधि मूल्यांकन गर्ने, निजी नर्सरी अनुगमन तथा निरीक्षणसँग र स्रोत बिउ उपलब्ध गराउने काम गरिरहेको छ ।

जिल्लाको व्यावसायिक कफी पकेट क्षेत्रमा प्राविधिक सेवा उपलब्ध गराउने र स्थानीय तहका प्राविधिक र अगुवा कृषकलाई तालिमसमेत दिने गरिएको केन्द्रकी सूचना अधिकारी प्राविधिक सहायक कल्पना धमलाले जानकारी दिइन् ।
कफी विकास केन्द्रको दुई सय १२ रोपनीमध्ये एक सय २५ रोपनीमा कफी लगाइएको छ । केन्द्रले कफीको पकेट क्षेत्र आँपचौरमा एक सय ७६ रोपनी जग्गा किनेर १० हजार बिरुवाको कफी बगैँचासमेत स्थापना गरेको छ । 

आम्दानी बढ्दै गएकोमा किसान खुसी
मदाने गाउँपालिका–३, सिर्सेनीका ४४ वर्षे प्रेम अर्यालले चार वर्षदेखि व्यावसायिक रूपमा कफीखेती गरिरहेका छन् । कोदो र मकै फल्ने बारीमा उनले रोपेका दुई हजार एक सयवटा कफीका बिरुवा हुर्किएर अहिले उत्पादन दिन थालेका छन् ।गत फागुनमा डेढ क्विन्टल कफी बिक्री गरेको उनले सुनाए । यो वर्ष झन् धेरै फलेकाले करिब सात क्विन्टलसम्म बिक्री गर्न सकिने उनको आशा छ । अन्य किसानलाई बिरुवा दिन उनले कफी नर्सरीसमेत खोलेका छन् ।

उनको नर्सरीबाट एक खेपमा पाँच हजारदेखि सात हजारसम्म कफीका बिरुवा उम्रिने गरेका छन् । अर्यालले यो वर्ष कफी र बिरुवा बिक्रीबाट सात लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरेका छन् । सो क्षेत्रमा आरुपाटा शिवालय कृषि समूहमामार्फत २१ किसानले २५ हजार कफीका बिरुवा रोपेका छन् । 

आँपचौरका ७६ वर्षीय दुर्गाप्रसाद खरेलले चार दशकदेखि व्यावसायिक कफीखेती गरिरहेका छन् । २४ वर्ष शिक्षण पेसामा आबद्ध भएपछि उनी पूर्णकालीन भएर कफीखेतीमा होमिएका छन् । 

खरेलको बारीमा अहिले साढे दुई सयवटा कफीका बोट छन् । ‘मेरो कफी बगैँचा तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठ र गृहमन्त्री कमल थापाले समेत अवलोकन गरेका छन्,’ उनले सुनाए ।आपँचौरका सबै घरमा कफीको बिरुवा भेटिन्छन्, तर ठूलो संख्यामा खेती नभएकामा उनी चिन्तित छन् । ‘कुनै वेला राजा वीरेन्द्रलाई एउटै बोटमा सत्र पाथी कफी फलेको देखाउने ठाउँ आँपचौर हो,’ उनले भने ।

नयाँ जातको धमाधम विकास हुँदै
३ वैशाख ०७१ मा रुरु क्षेत्र गाउँपालिका–४, भण्डारी डाँडामा कफी अनुसन्धान कार्यक्रम स्थापना भएयता नयाँ जातको विकासमा पनि सरकारले तीव्रता बढाएको छ । सुरुमा १० जातका बिउबाट कफी अनुसन्धान सुरु गरिएको र अहिले ४४ जात विकास भइसकेको कफी अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले बताए । अनुसन्धानका क्रममा कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि जातसम्मको परीक्षण भइरहेको चौधरीले बताए । 

एक दशकको अनुसन्धानले एलोपेथी, एलो कचुरा, क्याटु वाई एनारेलो, बर्मोन एमारोलो, चन्द्रागिरि, सेलेक्सन १०, गुल्मी लोकललगायत उत्कृष्ट जातको विकास गर्न सक्षम भएको उनले बताए । अनुसन्धानका लागि न्यूनतम एक सय रोपनी जग्गा चाहिने भए पनि हाल उपलब्ध ६० रोपनीमा ६ हजार बिरुवा रोपेर परीक्षण भइरहेको उनले जानकारी दिए । अनुसन्धानको प्रभावकारिता बढाउन दरबन्दीअनुसार प्राविधिक जनशक्ति नभएको उनको गुनासो छ ।

जापानपछि बेलायत र स्विट्जरल्यान्डमा निर्यात
विश्वमा सबैभन्दा धेरै कफी आयातकर्ता युरोपेली संघ, बेलायत, अमेरिका, जापान, रसिया र स्विट्जरल्यान्ड हुन् । यसमध्ये गुल्मीको कफी ०५४ देखि नै जापानमा निर्यात भइरहेको छ । अब चाँडै बेलायत र स्विट्जरल्यान्डमा समेत निर्यात हुन लागेको जिल्ला सहकारी संघ, गुल्मीका अध्यक्ष यमबहादुर थापाले जानकारी दिए । ‘बेलायत र स्विट्जरल्यान्डमा वार्षिक १० टनभन्दा बढी गुल्मेली अर्गानिक कफीको माग भएकाले सबै प्रक्रिया पु¥याएर पठाउने तयारी भइरहेको छ,’ अध्यक्ष थापाले भने ।

जिल्लामा दुई सय ४१ हेक्टरमा कफीखेती भइरहेको कृषि ज्ञानकेन्द्र, गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । ‘वार्षिक ३५ मेट्रिकटन  कफी उत्पादन हुँदा एक करोड रुपैयाँभन्दा बढी रकमको विदेशमा निर्यात हुँदै आएको छ,’ उनले भने । तीन हजारभन्दा बढी किसान व्यावसायिक कफी उत्पादनमा रहेको तथ्यांक छ ।

केन्द्रदेखि स्थानीय तहसम्मको  पहल
वाणिज्य मन्त्रालयले प्रमुख निर्यातमूलक कृषिउपजमा राखेको कफीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उत्पादन वृद्धि गर्ने उद्देश्य राखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सबैभन्दा विशिष्टीकृत बालीमा समेटेको छ । परियोजनाले एक हजार हेक्टरमा व्यावसायिक उत्पादन गर्ने दृष्टिकोणले गुल्मीमा ‘सुपर जोन’ कार्यान्वयन गरिरहेको छ । परियोजनाको गुल्मी इकाइ प्रमुख गंगा पोखरेलले कफीको प्याकेजिङ, मेसिनरी औजार तथा उपकरण, तालिम र बिरुवा खरिदमा किसानलाई सघाउने गरेको बताइन् ।

गुल्मीका स्थानीय तहसमेत अहिले व्यावसायिक कफीखेतीलाई प्रवद्र्धन गरिरहेका छन् । मुसिकोट नगरपालिकाले ‘कफी रोपौँ आम्दानी बढाऔँ’ अभियान सुरु गरेर एक सय बोट कफी रोप्ने किसानलाई १० हजार अनुदान र सहुलियत कर्जाका लागि पहल गर्दै आएको छ । अन्य मदाने, रुरु, छत्रकोटलगायतका स्थानीय तहले पनि कफीको प्रवद्र्धनमा बजेट र कार्यक्रम राख्ने गरेका छन् ।

विश्वमा सबैभन्दा बढी रुचाइएको ‘अराबिका’ कफी नेपालमा शतप्रतिशत उत्पादन
विश्व बजारमा ‘अराबिका’ वर्गको कफीको खपत सबैभन्दा बढी ६२ प्रतिशत छ । त्यसैले यस्तो कफीको माग उच्च हुने गरेको छ । नेपालमा उत्पादन हुने गरेको सबै कफी अराबिका वर्गको भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपालको हावापानी र बनावटका कारण हिमाली तथा पहाडी जिल्लामा उत्पादन भएको कफीले परीक्षणका क्रममा ८० भन्दा बढी अंक ल्याएका कारण विशिष्टीकृत वर्गमा पर्दै आएको छ ।

ठूलो सम्भावनाका बाबजुत नेपालमा क्षमताअनुसार कफीको उत्पादन हुन सकेको छैन । नेपाल कफी महासंघको तथ्यांकअनुसार देशभर १२ लाख हेक्टरमा खेतीको सम्भावना भए पनि ३६ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ । आव ०७९/८० मा ४४ जिल्लामा तीन सय ९५ मेट्रिकटन मात्रै उत्पादन भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ।

न्यून उत्पादन भएका कारण अराबिका जातको कफी उत्पादक मुलुक नेपाल मुख्य निर्यातकर्ता बन्न सकेको छैन । विश्व बजारमा भियतनाम, कोलम्बिया, युगान्डा, होन्डुरस, पेरु, इन्डोनेसिया र भारतले सबैभन्दा धेरै कफी निर्यात गर्दै आएका छन् ।

कफी निर्यात वृद्धि गर्न युरोपेली संघमातहतको नेपाल व्यापार तथा लगानी कार्यक्रमले पहल गरिरहेको छ । यसले अमेरिका र युरोपी संघमातहतका देशहरूमा नेपालको कफी निर्यातमा सहजीकरण गर्ने जनाएको छ । 
 

गंगा पोखरेल गुल्मी प्रमुख, परियोजना

वाणिज्य मन्त्रालयले प्रमुख निर्यातमूलक कृषिउपजमा राखेको कफीलाई कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सबैभन्दा विशिष्टीकृत बालीमा समेटेको छ । परियोजनाले एक हजार हेक्टरमा व्यावसायिक उत्पादन गर्ने दृष्टिकोणले गुल्मीमा ‘सुपर जोन’ कार्यान्वयन गरिरहेको छ । परियोजनाको गुल्मी इकाइ प्रमुख गंगा पोखरेलले कफीको प्याकेजिङ, मेसिनरी औजार तथा उपकरण, तालिम र बिरुवा खरिदमा किसानलाई सघाउने गरेको बताइन् । गुल्मीका स्थानीय तहसमेत कफीखेतीलाई प्रवद्र्धन गरिरहेका छन् । मुसिकोट नगरपालिकाले एक सय बोट कफी रोप्ने किसानलाई १० हजार अनुदान र सहुलियत कर्जाका लागि पहल गर्दै आएको छ । 

विश्वमा सबैभन्दा बढी रुचाइएको ‘अराबिका’ कफी नेपालमा शतप्रतिशत उत्पादन
विश्व बजारमा ‘अराबिका’ वर्गको कफीको खपत सबैभन्दा बढी ६२ प्रतिशत छ । त्यसैले यस्तो कफीको माग उच्च हुने गरेको छ । नेपालमा उत्पादन हुने गरेको सबै कफी अराबिका वर्गको भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपालको हावापानी र बनावटका कारण हिमाली तथा पहाडी जिल्लामा उत्पादन भएको कफीले परीक्षणका क्रममा ८० भन्दा बढी अंक ल्याएका कारण विशिष्टीकृत वर्गमा पर्दै आएको छ ।

ठूलो सम्भावनाका बाबजुद नेपालमा क्षमताअनुसार कफीको उत्पादन हुन सकेको छैन । नेपाल कफी महासंघको तथ्यांकअनुसार देशभर १२ लाख हेक्टरमा खेतीको सम्भावना भए पनि ३६ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ । आव ०७९/८० मा ४४ जिल्लामा तीन सय ९५ मेट्रिकटन मात्रै उत्पादन भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

न्यून उत्पादन भएका कारण अराबिका जातको कफी उत्पादक मुलुक नेपाल मुख्य निर्यातकर्ता बन्न सकेको छैन । विश्व बजारमा भियतनाम, कोलम्बिया, युगान्डा, होन्डुरस, पेरु, इन्डोनेसिया र भारतले सबैभन्दा धेरै कफी निर्यात गर्दै आएका छन् । कफी निर्यात वृद्धि गर्न युरोपेली संघमातहतको नेपाल व्यापार तथा लगानी कार्यक्रमले पहल गरिरहेको छ ।

आम्दानी वृद्धि हुँदै गएकोमा किसान खुसी
मदाने गाउँपालिका–३, सिर्सेनीका ४४ वर्षे प्रेम अर्यालले चार वर्षदेखि व्यावसायिक रूपमा कफीखेती गरिरहेका छन् । कोदो र मकै फल्ने बारीमा उनले रोपेका दुई हजार एक सयवटा कफीका बिरुवा हुर्किएर अहिले उत्पादन दिन थालेका छन् ।

गत फागुनमा डेढ क्विन्टल कफी बिक्री गरेको उनले सुनाए । यो वर्ष झन् धेरै फलेकाले करिब सात क्विन्टलसम्म बिक्री गर्न सकिने उनको आशा छ । अन्य किसानलाई बिरुवा दिन उनले कफी नर्सरीसमेत खोलेका छन् । उनको नर्सरीबाट एक खेपमा पाँच हजारदेखि सात हजारसम्म कफीका बिरुवा उम्रिने गरेका छन् । अर्यालले यो वर्ष कफी र बिरुवा बिक्रीबाट सात लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरेका छन् ।  

आँपचौरका ७६ वर्षीय दुर्गाप्रसाद खरेलले चार दशकदेखि व्यावसायिक कफीखेती गरिरहेका छन् । २४ वर्ष शिक्षण पेसामा आबद्ध भएपछि उनी पूर्णकालीन भएर कफीखेतीमा होमिएका छन् । खरेलको बारीमा अहिले साढे दुई सयवटा कफीका बोट छन् । ‘मेरो कफी बगैँचा तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठ र गृहमन्त्री कमल थापाले समेत अवलोकन गरेका छन्,’ उनले सुनाए ।