Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
होर्हे क्यास्टेनेडा
२०७६ जेठ ६ सोमबार ०९:१८:००
दृष्टिकोण

भेनेजुएला विवादमा रुस र क्युबा

होर्हे क्यास्टेनेडा
२०७६ जेठ ६ सोमबार ०९:१८:००

अप्रिल ३० मा भेनेजुएलाका सैनिकलाई राष्ट्रपति निकोलस मदुरोविरुद्ध विद्रोह गर्न आह्वान भयो । बिस्तारै विपत्तर्फ अघि बढिरहेको भेनेजुएला संकटको यो पछिल्लो कडी हो । भेनेजुएला संकटको असर उसको सिमानाबाहिर अन्तर्राष्ट्रिय रूपमा फैलिन थालेको छ । 

यो प्रहसनमा रुस प्रमुख भूमिकामा उदाएको छ । पछिल्लो समय भेनेजुएलासम्बन्धी संवादमा रुसको उपस्थिति अपरिहार्य हुन थालेको छ । यही कारणले मार्चमा मस्को भ्रमण गर्दा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्ना रुसी समकक्षीसँग भेनेजुएलाबारे पनि छलफल गरे । त्यसपछिका अन्य भेटघाटमा पनि दुई नेताबीच भेनेजुएलाको एजेन्डा छलफलको कार्यसूचीमा परेको थियो । त्यस्तै, अझ उच्च तहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी पुटिनबीच पनि ३ मेमा भेनेजुएला संकटबारे टेलिफोन संवाद भयो । संवादको संख्या बढेको भए पनि यी सबै निष्कर्षविहीन रहे । तर, यी छलफलबाट एकातर्फ दुई सरकारमा भेनेजुएलालाई हेर्ने दृष्टिकोण फरक रहेको प्रस्ट भएको हुनुपर्छ । अर्कातर्फ भेनेजुएला वासिङ्टनको उच्च प्राथमिकतामा छ भनेर रुसलाई प्रस्ट भइसकेको हुनुपर्छ । 

तर, रुस स्वयंले पनि भेनेजुएलालाई कम महत्व दिएको छैन । अघिल्लो महिना रुसले झन्डै सय निजी सैनिक कन्ट्र्याक्टरलाई कारावास पठायो । त्यसको उद्देश्य वर्तमान मदुरो सरकारलाई सघाउनु थियो । रुस अहिले पनि मदुरो सरकारको सबैभन्दा ठूलो हतियार विक्रेता हो । त्यस्तै, उसले संयुक्त राष्ट्र संघमा भेनेजुएलाको प्रतिरक्षा गरिरहेको छ । रुसको मित्रशक्ति क्युबाको वर्षौंदेखि भेनेजुएलामाथि प्रभाव रहँदै आएको छ । यस हिसाबमा पछिल्लो भेनेजुएला संकटमा पनि क्युबाको महŒवपूर्ण भूमिका देखिन्छ । सम्भवतः भेनेजुएला संकटमा भूमिका बढाउन रुसले क्युबालाई उक्साएको पनि हुन सक्छ । 
ट्रम्प प्रशासनले भेनेजुएलामा जारी राजनीतिक गतिरोध समाधान गर्न क्युबालाई पनि संलग्न गराउनु सही नीति हुनेछ । तर, त्यस क्रममा अमेरिकी अधिकारीले चाल्ने कुनै पनि गलत कदमले रुसी सहभागितालाई बढाइदिन सक्छ ।  

रुस, क्युबा र भेनेजुएलाबाट ट्रम्प के चाहन्छन् ? त्यो त्यति प्रस्ट छैन, तर फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुवियोको मुख्य ध्यान क्युबाका शासकलाई हटाउनुमा केन्द्रित छ । सम्भवतः ट्रम्प सन् २०२० को राष्ट्रपति निर्वाचनमा फ्लोरिडामा जित हासिल गर्न मात्र केन्द्रित पनि हुन सक्छन् । फ्लोरिडामा क्युबाली र भेनेजुएली आप्रवासीको संख्या ठूलो छ । राष्ट्रपति निर्वाचनमा महŒवपूर्ण हुने फ्लोरिडामा कुन व्यक्तिले जित्छन् भन्ने कुरा तिनले निर्धारण गर्छन् । ट्रम्प प्रशासनले क्युबामाथि सक्दो दबाब कायम राखिरहनुपर्छ । त्यसपछि मस्को र हवानालाई क्युबाली राष्ट्रपतिले भेनेजुएली संकट समाधानका लागि सघाए भने मात्र दबाब खुकुलो बनाउने संकेत दिनुपर्छ । क्युबासँग धेरै विकल्प छैनन् । अझ रुस अमेरिकाको प्रस्तावमा सकारात्मक भयो भने ऊ विकल्पहीन हुनेछ । 

भेनेजुएला विवादमा रुस प्रमुख भूमिकामा उदाएको छ । पछिल्लो समय यससम्बन्धी संवादमा रुसको उपस्थिति अपरिहार्य हुन थालेको छ ।

फिडेल क्यास्ट्रो सत्तामा आएपछि उनले क्युबामा रहेका अमेरिकी नागरिकका ठूला फार्म सरकारीकरण गरेका थिए । त्यस क्रममा तिनको स्वामित्वमा रहेको अन्य सम्पत्ति पनि सरकारीकरण भएको थियो । हाल ट्रम्प प्रशासनले कब्जा गरिएको अमेरिकी सम्पत्तिको क्षतिपूर्ति माग गर्न अनुमति दिएको छ । सन् १९९६ मा हस्ताक्षर गरिएको ‘हेल्म–बर्टन ऐन’ तेस्रो शीर्षकपछि पहिलोपटक यस्तो व्यवस्था लागू भएको हो । यो व्यवस्थाले निकट विगतमा तिनले गुमाएको धनसम्पत्ति हासिल गर्ने सम्भावना त देखिँदैन । तर, क्युबामा सरकारले हडपेको सम्पत्तिमा व्यवसाय गरिरहेका कुनै पनि देशका लगानीकर्तामाथि मुद्दा हाल्न सकिने अवस्था तयार भएको छ । यसमा थुप्रै अमेरिकी, युरोपेली, क्यानडेली र ल्याटिन अमेरिकी लगानीकर्ता पनि छन् । नयाँ व्यवस्थासँगै ‘कार्निभल क्रुज लाइन’ र केही स्पेनिस होटेल सञ्चालकमाथि मुद्दा परिसकेको छ । 

ट्रम्प प्रशासनले क्युबा भ्रमण गर्न चाहने अमेरिकीमाथि पनि यात्रा प्रतिबन्ध लगाएको छ । त्यस्तै, नयाँ व्यवस्थामा क्युबाली–अमेरिकी आप्रवासीले चौमासिक रूपमा एक हजार अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स क्युबा पठाउन नपाउने व्यवस्था छ । भेनेजुएली संकटका कारण क्युबाले अहिले विगतको तुलनामा न्यून तेल पाइरहेको छ । यस्तोमा अमेरिकी पर्यटकको संख्यामा हुने ठूलो कटौती र विदेशी लगानीको ह्रासले पहिले समस्याग्रस्त रहेको क्युबाको अर्थतन्त्र थप प्रभावित हुनेछ । 

अप्रिलमा राहुल क्यास्ट्रोले देशमा आर्थिक कठिनाइ विकराल बन्दै गएको भन्दै चेतावनी दिएका थिए । त्यसक्रममा क्युबाले पुनः ‘विशेष अवधि’ भोग्नु नपर्ने उनको प्रत्याभूतिले कमैलाई विश्वस्त पारेको छ । सोभियत संघको पतनपछि क्युबामा ९० को दशकमा ‘विशेष अवधि’ लागू गरिएको थियो । त्यस अवधिमा क्युबा सरकारले कैयन् सामाजिक सुरक्षा कटौती गरेपछि क्युबाली जनताले कठिनाइ भोगेका थिए । विगत हेर्ने हो भने क्यास्ट्रोले मानिसलाई विश्वस्त पार्न कार्यान्वयनमा आउँदैन भनेका कैयन् विषय पछि कार्यान्वयन भएको देखिएको छ । क्युबाले एकदमै थोरै उत्पादन गर्छ । त्यस्तै, उसको आयातमा खर्चका लागि थोरै पैसा मात्र बाँकी छ । अघिल्लो साता मात्रै क्युबामा अन्डा, कुखुराको मासु र सुंगुरको मासु उपभोगमा कोटा तोकिएका थियो । देशले प्रमुख खाद्यान्नको अभाव भोगिरहेको छ । यदि यही अवस्था कायम रहेमा क्युबाले सन् १९९१ मा सोभियत संघ विघटनपछिको जस्तो विरोध सामना गर्न सक्छ । तर, दुई संकटग्रस्त अर्थतन्त्रमा एउटा छान्नुपर्यो भने रुसले भेनेजुएलाभन्दा क्युबालाई बचाउने प्रयास गर्न सक्छ । 

भेनेजुएलमा रुसको बढ्दो सहभागितालाई लिएर तीनवटा व्याख्या आएका छन् । पहिलो व्याख्याअनुसार रुस भेनेजुएलाले तिर्नुपर्ने विशाल ऋणको सुरक्षा चाहिरहेको छ । भनेजुएलाका कैयन् निकायले रुसका विभिन्न बैंक र कम्पनीलाई ६० अर्ब अमेरिकी डलर तिर्नुपर्नेछ । यीमध्ये अधिकांश ऋण विपक्षीको नियन्त्रणमा रहेको नेसनल एसेम्ब्लीको स्वीकृतिविना लिइएका थिए । त्यसैले मदुरोको बहिर्गमनपछिको सरकारले त्यसलाई अस्वीकार गर्न सक्छ भन्नेमा रुस त्रस्त छ । 
दोस्रो, पुटिनले अमेरिकाको नाकमुनि भइरहेको संकटमा हात हालेर अमेरिकालाई एउटा सन्देश दिन चाहेका छन् । नेटोले रुसको सम्मुखमा रहेको पूर्वी युरोपमा गरिरहेको क्रियाकलापलाई रुसले हस्तक्षेप मान्ने गरेको छ । त्यसको जवाफ दिन रुस अमेरिकी प्रभाव क्षेत्र मानिने क्षेत्रमा ‘प्रवेश’ गरेको हो । अन्तिम र महŒवपूर्ण पक्ष, रुस अमेरिकाले प्रभाव क्षेत्र मान्ने क्षेत्रमा शक्ति प्रदर्शन गरिरहेछ भन्ने छ । रुस र हवानाबीचको सम्बन्ध ख्रुस्चेवको शासनदेखिको हो । यो ६० वर्षभन्दा लामो भइसक्यो । पुटिनले अर्जेन्टिना, बोलिभिया र इक्वेडरलाई ऋण प्रदान गरेर रुसको प्रभाव विस्तार गर्न खोजेका छन् । 

भेनेजुएला विपत्मा वासिङ्टनले बलियो भूमिका खेल्नुपर्छ । तर, त्यसो गर्दा ऊ अत्यन्त होसियार हुनुपर्छ । यदि ट्रम्प क्युबा र भेनेजुएलाका दुई शासक हटाउन केन्द्रित हुन्छन् वा क्युबाको कम्युनिस्ट सरकार परिवर्तन गर्न लाग्छन् भने त्यो नीति असफल हुनेछ । यसले युरोप र ल्याटिन अमेरिकामा रहेका अमेरिकाका लोकतान्त्रिक सहयात्रीलाई पनि आक्रोशित बनाउनेछ । बरु, त्यसको सट्टा ट्रम्पले मदुरोलाई हटाउने प्रयासमा क्युबालाई पनि सहभागी हुन दबाब दिनुपर्छ । क्युबाले मदुरोलाई सत्ता त्यागेपछि सुरक्षित वासस्थान प्रदान गर्ने प्रतिबद्धता गर्नेदेखि मदुरोपछिको देशको लोकतान्त्रिक संक्रमण सहज बनाउन सघाउन सक्छ । मदुरो सरकार अपदस्थ भएपछि सबै राजनीतिक बन्दी मुक्त गर्ने, सबै राजनीतिक दलको सहभागितामा स्वतन्त्र, स्वच्छ र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा हुने निर्वाचनमा क्युबाको महŒवपूर्ण भूमिका हुन सक्छ । त्यस्तै, भेनेजुएलामा प्रेस स्वतन्त्रता र संगठित हुने अधिकारजस्ता लोकतान्त्रिक अधिकार पुनर्वहालीमा क्युबाको न्यून संलग्नता प्रत्याभूति गराएर सम्भव हुन्छ । ट्रम्पले क्युबालाई मनाउन रुसलाई सहभागी गराउन सक्छन् ।

(मेक्सिकोका पूर्वविदेशमन्त्री क्यास्टेनेडा न्युयोर्क युनिभर्सिटीका प्राध्यापक हुन्)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य