१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

रिङरोड विस्तारका लागि पौडेलको दबाब यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o९:२३:oo

कांग्रेस सांसद प्रदीप पौडेलले रिङरोड विस्तारमा भएको ढिलाइले सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै दबाबयात्रा गरेका छन् । शनिबार रिङरोड (कलंकी–धोबीखोला) विस्तारका लागि पौडेलको नेतृत्वमा सामूहिक यात्रा गरिएको हो । बिहान कलंकी चोकबाट सुरु भएको दबाब यात्रा स्वयम्भू, बालाजु, नयाँ बसपार्क हुँदै धोबीखोलामा पुगेर समापन भएको थियो । 

यसक्रममा सहभागीहरूले सरकारलाई दबाब दिन विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरूले रिङरोडमा अलपत्र निर्माणको काम तत्काल थाल्न माग गरेका थिए । पौडेलले यस विषयमा प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका थिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र पेस गरेका थिए । रिङरोड निर्माणको जिम्मा चीनले पाएको छ । यसबारे उनले चिनियाँ राजदूतलाई समेत भेटेर ढिलाइ नगर्न अनुरोध गरेका थिए । चक्रपथ विस्तारको काम अलपत्र हुँदा सर्वसाधारणले धुलो र फोहोरको सास्ती खेप्नुपरेको छ ।

ad
ad
ad
ad