Skip This
बाजुरामा नुनको पर्याप्त मौज्दात छ : साल्ट ट्रेडिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 13 July, 2024
रासस बाजुरा
२o८१ असार ११ मंगलबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाजुरामा नुनको पर्याप्त मौज्दात छ : साल्ट ट्रेडिङ

Read Time : < 1 मिनेट
रासस, बाजुरा
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १३:३२:oo

साल्ट ट्रेडिङ कर्पोरेसनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भिड नलाग्न आग्रह गरेको छ।

नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।

कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीनवटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए।

उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुन सक्छ,’ उनले भने, ‘हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ।’

स्थानीय गोरख धामीले नुनको अभावको कु्रा सुनेपछि आफू लाइन बस्न आएको बताए। ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरू कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो,’ उनले भने।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भिड नगर्न आग्रह गरे। उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ।

ad
ad
ad
ad