१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Sunday, 06 July, 2025
तस्बिर : राेयटर्स
रासस मस्को
२o८१ असार ११ मंगलबार १३:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसी चेतावनी

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १३:o१:oo

रुसले बढ्दो तनावबीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए। 

मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ। उक्त घटनामा बालबालिकासहित धेरै घाइते भएको अल जजिराले जनाएको छ।

रुसी विदेश मन्त्रालयले सोमबार अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर उक्त घटनालाई वासिङ्टनले भड्काएको ‘प्रोक्सी वार’ भन्दै निन्दा गरेको छ र जवाफमा जवाफी कारबाही गर्ने वाचा गरेको छ।

फेब्रुअरी २०२२  मा रुसले युक्रेनमा आक्रमण गरेदेखि मस्कोले द्वन्द्वलाई पश्चिमी समर्थित युद्धको रूपमा लिएको छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई सम्बोधन गर्दै अमेरिकाले युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्न हतियार आपूर्ति गरेको बताए।

क्रेमलिनले युक्रेनलाई रुसी क्षेत्रभित्रका लक्ष्यहरू विरुद्ध आपूर्ति गरिएका हतियारहरू तैनाथ गर्न अनुमति दिने अमेरिकी निर्णयको कडा आलोचना गर्नुका साथै सम्भावित प्रतिक्रियाको चेतावनी दिएको छ। 

मस्कोले अमेरिकी विशेषज्ञहरूले अमेरिकी जासुसी उपग्रहहरूबाट प्राप्त डाटा प्रयोग गरेर क्षेप्यास्त्र आक्रमणमा समन्वय गरेको आरोप लगाएको छ। ‘वासिङ्टनको यस्तो कार्यहरू प्रतिक्रिया बिना छोडिनेछैन’, रुसको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भनेको छ।

रुसी अधिकारीहरूले युक्रेन द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको बताएका छन्।  सन् २०१४ मा रुसले कब्जा गरेको, तर अन्तर्राष्ट्रिय रूपमा युक्रेनी क्षेत्रको रूपमा मान्यता प्राप्त क्रिमियामा घातक द्वन्द्वमा उल्लेखनीय वृद्धि भइरहेको छ।