मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचार खर्चको माग गर्दै गम्भीर बिरामीसहित पीडित परिवारले घेरे जिल्ला अदालत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

खोलामा माछा मार्ने क्रममा भएको झडपमा परी गम्भीर घाइते भएका दैलेखको नारायण नगरपालिका– ४ सोतका रवीन्द्र रावतलाई एम्बुलेन्समै ल्याएर पीडित परिवारले बिहीबार जिल्ला अदालत दैलेख घेराउ गरेका छन् । पीडित परिवारले  रवीन्द्र रावतको उपचारका लागि २४ लाख खर्च भइसक्दा पनि पीडक पक्षले उपचार खर्च नदिएको र अन्य निकायले समेत उपचार खर्चको व्यवस्थापन नगरिदिएकाे भन्दै  बिरामी ल्याएरै पीडित परिवारले जिल्ला अदालत घेराउ गरेका हुन् । 

दोहोरो झडपमा परेर घाइते रवीन्द्र रावत यतिवेला अक्सिजनको सहायतामा छन् । उनको टाउको, हात र खुट्टामा गम्भीर चोट देखिएको छ । जिल्लामा उपचार हुन नसकेपछि सुर्खेतमा उपचारका लागि लगिएका उनलाई सुर्खेतले पनि उपचार गर्न नसकिने भन्दै रिफर गरेको थियो । परिवारले उनलाई उपचारका लागि लखनउ लगेका थिए ।

‘लखनउमा उपचार गर्दा २४ लाख रकम सकियो, आफन्तबाट सापटी माग्यौँ, घरमा भएको सबै सकियो, अहिले सम्पत्ति केही पनि छैन।  जसले घाइते बनाए उनीहरूले पनि पहिला उपचारबापत खर्च दिन्छौँ उपचार गर्नुस् भने, तर अहिले अदालतमा मुद्दा लड्छौँ उपचार खर्च दिँदैनौँ भनेपछि आफूहरू समस्यामा परेको र उपचार गर्ने खर्च नभएपछि जिल्ला अदालतमै बिरामी छोड्ने भनेर लखनउबाट घर ल्याएका हौँ,’ रवीन्द्रका दाइ नवीन रावतले भने । ‘न्याय पाइएला भनेको हामीमाथि झन् अन्याय भयो,’ रावतले गुनासो गरे । 

३६ दिनअघि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा नौमूले गाउँपालिका तोलीका युवाहरू र भैँसेखोरका युवाहरूबीच दोहोरो झडप भएको थियो । झडपमा परेर रवीन्द्र रावतलगायत चारजना घाइते भएका थिए ।अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएको भए पनि रवीन्द्र रावतको अवस्था गम्भीर भएपछि उनलाई  उपचार गर्न लखनउ लगिएको थियो ।