एसआइआइपिएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रूपमा नेपाल भित्र्याएको छ। बुधबार काठमाडौंस्थित एक होटेलमा कार्यक्रम आयोजना गरी कम्पनीका अध्यक्ष सौरभ ज्योति, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अली तथा ज्योति ग्रुपका कर्मचारीबीच उक्त आइसक्रिम औपचारिक रूपमा बिक्री–वितरण सुरुवात गर्ने जानकारी गराइएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिङ तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलीले, नेपाली उपभोक्ताको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाइ तथा अन्तर्राष्ट्रिय आइसक्रिम फ्लेबरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तर्राष्ट्रिय फ्लेबरका आइसक्रिम भित्र्याएको बताए ।
विस्तार योजनाअन्तर्गत प्रमुख नेपाली सहरमा विभिन्न आउटलेट, डिपार्टमेन्टल स्टोर्स, सपिङ सेन्टर ररेस्टुरेन्टमा आकर्षक किओस्क र कार्ट राखी क्वालिटी आइसक्रिमलाई देशभरका आइसक्रिमप्रेमीको पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ । क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकिज एन्ड क्रिमजस्ता अन्य फ्लेबरसहित स्टिक, कप र टबमा अन्तर्राष्ट्रिय स्वाद बिक्री गर्दै आएको छ ।