बाग्लुङ नगरपालिकामा नेकपाद्वारा तालाबन्दी

२०७६ जेठ १ बुधबार १९:२१:००

बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन । 

नगरपालिका भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै  तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताए ।  नगरपालिकाको नगरप्रमुखमा नेकपाले नै जितेको छ । पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न बाध्य भएको पाठकको भनाई छ । 

‘सयौं विकृतिहरु बढेको छ,’ उनले भने, ‘फोहोरको डंगुरलाई सफा नगरे सम्म नगरपालिकाको अवस्था सुध्रिदैन् ।’ पाठकले जनताको नाममा आएको दश करोड बजेट नगरपालिकाले नियतबस फ्रिज गरेको आरोप लगाएका छन । अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको बिशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड फ्रिज गरेको पाठकले आरोप लगाए । 

नगर प्रमुखसलाई पार्टीका नेताहरुले पटक–पटक सचेत बनाए पनि सुध्रिन नसकेको पाठकको भनाई छ । तालाबन्दी बारे नगरपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । नगरप्रमुख पौडेलको आदेशमा नगर प्रहरीले कार्यकक्षमा लगाएको ताला खोलेका छन । 

नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बजेट फ्रिज हुनुमा प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखाको कमजोरी भएको बताए । उनले नगरपालिकामा यति ठुलो बजेट आएपछि कम्तिमा कार्यपालिकामा खबर नहुनु विकास विरोधी भएको उल्लेख गरे । 
मेयर पौडेल नेकपा गण्डकी प्रदेश सदस्य हुन् भने नेता पाठक प्रस्ताविक जिल्ला कमिटी सदस्यमा रहेका छन् । 

सम्बन्धित समाचार