Skip This
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका सदस्यसचिव ढकालले पाए सफाइ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 12 August, 2026
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ १६ बुधबार २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका सदस्यसचिव ढकालले पाए सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २o:३८:oo

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ पाएका छन्। गत असारमा दायर मुद्दामाथि सुनुवाइ गर्दै बुधबार विशेषले सफाइ दिने फैसला गरेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। ढकालविरुद्ध सम्पत्ति विवरणसँग अमिल्दो उच्चस्तरको जीवनयापन गरेको भन्दै उजुरी परेको थियो। 

ढकालले साउन ०७४ देखि ०७९ सम्म एक करोड ४४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानुनी स्रोतबाट आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उनको वैध आय ६ करोड ३९ लाख हुनुपर्नेमा सात करोड ८४ लाखको सम्पत्ति भेटिएको थियो। त्यसपछि स्रोत नखुलेको सम्पत्तिलाई अवैध आर्जन मान्दै मुद्दा दायर भएको थियो। 

११ असार ०८० मा उनीविरुद्ध मुद्दा दायर भएको थियो। ढकालले पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको प्रकरणमा पनि सफाइ पाइसकेका छन्।