Skip This
फर्निचर उद्योगलाई व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १५:३३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

फर्निचर उद्योगलाई व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १५:३३:oo

फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरताउन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी–व्यवसायीले जोड दिएका छन्। 

शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग–व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए। 

उनले दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भूतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग उद्योग वाणिज्य महासंघले सहकार्य गरी आवश्यक लबिङ गर्ने प्रतिबद्धता जनाए। 

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको भन्दै आशावादी हुन व्यवसायीलाई आग्रह गर्दै उनले उधारो कारोबार व्यवस्थापन अपरिहार्य रहेको औँल्याए। 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्यस्तरबाट यसको संरक्षण र संवर्द्धनमा पहल नभएको गुनासो गरे। 

महासंघका सल्लाहकार कृष्णलाल प्रधानले सरकारबाट पाउनुपर्ने सुविधाबाट फर्निचर व्यवसायीहरू वञ्चित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। नियमनको दायरामा आउन नसकेका व्यवसायीका कारण आफूहरू व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले क्षेत्रगत रूपमा कडा नियमन जरुरी रहेको बताए। 

महासंघका बागमती प्रदेश समन्वय समितिका अध्यक्ष शुभेन्द्र जोशीले चौतर्फी उपेक्षामा पर्दा फर्निचर व्यवसायीहरूको अवस्था दयनीय भएको गुनासो गरे।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीकी अध्यक्ष पूर्णशाेभा गुरुङले कर तिर्ने व्यवसायीलाई राज्यले दुःख दिने गर्दा दर्ता नभएका र कर नतिर्नेहरूले खुलेआम अनधिकृत रूपमा व्यवसाय गरिरहेको बताइन्। 

महासंघमा आबद्ध विभिन्न जिल्लाका ३९ वटा फर्निचर व्यवसायी संघहरू प्रशिक्षण कार्यक्रममा सहभागी थिए। अस्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल तथा नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक विदुरचन्द्र लामिछानेले कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।