१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Saturday, 07 September, 2024
सी राजा मोहन
२o८१ जेठ ३ बिहीबार १o:३२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतको ‘बुज्रुग वर्ग’मा गडेको अमेरिकी विदेश नीतिको हाउगुजी

अमेरिकाको विदेश नीतिलाई राजनीतिक मूल्यहरूले भन्दा बढी भूराजनीतिक आकस्मिकता र व्यापारिक चासोले आकार दिने गरेको छ

Read Time : > 2 मिनेट
सी राजा मोहन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३२:oo

संयुक्त राज्य अमेरिकाबारे भारतीय मिडियाका पछिल्लो समाचार हेर्दा यस्तो लाग्छ, वासिंटनका अधिकारी भारतको ‘लोकतान्त्रिक प्रतिगमन’को चिन्ताले सुत्न सकेका छैनन् र सम्भवत उनीहरू भारतीय चुनावमा हस्तक्षेप गर्ने सोचमा छन् । जबकि अमेरिकाका यो भन्दा धेरै ठूलो चिन्ताहरू छ, जसबारे भारतमा बिरलै चर्चा हुने गर्छ । अमेरिकामा आमचुनाव नजिकिदैंछ, जसको परिणामले उसको राजनीतिक, आर्थिक र भूराजनीतिक प्राथमिकताहरूलाई बदल्ने सम्भावना छ । 

युरोपमा युक्रेनमा रुसी हमला, एसियामा चीनको विस्तारवाद र गाजा युद्धले अमेरिकी घरेलु राजनीतिलाई समेत प्रभावित बनाउन थालेको समयमा अमेरिकामा चुनाव हुँदै छ । अमेरिकाले उसका युरोपेली तथा नेटो सहयोगीलगायत विश्वभरका आफ्नो हितलाई कमजोर बनाइरहेको चीन–रुस गठबन्धनको प्रभावकारी रूपमा प्रतिरोध गर्न सकेको छैन । गतहप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको युरोप भ्रमण र रुसी नेता भ्लादिमिर पुटिनको यसै साता हुने चीन भ्रमणले पश्चिमाविरुद्ध बेइजिङ र मस्कोबीच बढ्दो रणनीतिक समन्वयमाथि प्रकाश पार्छ ।

ट्रम्पको सम्भावित फिर्ती  र अमेरिकाको घरेलु संकट
आगामी नोभेम्बरमा अमेरिकामा हुने चुनावका सन्दर्भमा अमेरिकी राजनीतिमा सुरु भएका बहसबारे भारतमा निकै कम छलफल हुनु दुःखको कुरा हो । परम्परागत राजनीतिको विपक्षमा उभिएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फिर्तीको सम्भावना उच्च देखिदैं गएको छ । यस्तोमा अमेरिकी संस्थापन र युरोप तथा एसियामा अमेरिकी साझेधारमाझ कम्पन ल्याउँदै छ । टाइम म्यागजिनलाई दिएको ट्रम्पको हालैको अन्तर्वार्तामा (जहाँ उनले कट्टरपन्थी एजेन्डाको रूपरेखा प्रस्तुत गरेका छन्) व्यक्त सीमा सुरक्षा, अध्यागमन, व्यापार, सैन्य गठबन्धन, दिल्लीका लागि महŒवपूर्ण सबै मुद्दाले भारतीय मिडियामा न्युन कभरेज पाए ।

अमेरिकी विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा गरिने टिप्पणी प्रायः वासिंटनस्थित दक्षिण एसिया संवाददाताका प्रश्नहरूको जवाफमा आधारित हुन्छन् । वासिंटनमा थोरैले मात्र महत्व दिने यी जवाफहरूले भारतीय बुजु्रग वर्गलाई भने त्रसित बनाउँछ ।

अमेरिकी विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा गरिने टिप्पणी प्रायः वासिंटनस्थित दक्षिण एसिया संवाददाताका प्रश्नहरूको जवाफमा आधारित हुन्छन् । वासिंटनमा केहीले ध्यान दिने यो सानो नाट्यशालाबाट आउने जवाफलाई भारतीय मिडियामा ठूलो शीषर्क दिएर जोड दिइन्छ । अमेरिकाले के सोचिरहेकोे हुन सक्छ भन्ने दिल्लीमा हुने बहस वासिंटनको वास्तविकताभन्दा फरक हुन्छ । त्यस्तै भारतीय चुनावबारे पश्चिमी मिडियामा आउने कभरेज पश्चिममाभन्दा भारतमा बढी पढिन्छन् । उदार पश्चिमी टिप्पणीकारद्वारा भारतीय लोकतन्त्रमा ‘शत्रुतापूर्ण प्रवचन’लाई के भन्ने त ? अमेरिकामा भारतबारे टिप्पणी गर्नु भनेको असंख्य मिडिया आउटलेट र अनगिन्ती थिंक ट्यांकसहितको अमेरिकी विचार उद्योगको ठूलो दैनिक उत्पादनरूपी बाल्टीमा एउटा थोपाजस्तै हो । त्यसले वाशिन्टनको नीतिलाई प्रतिविम्बित गर्दैन । 

 पश्चिमको चासो
सामान्यतया प्रजातन्त्र र विशेषगरी भारतीय लोकतन्त्रमाथिको बहस अमेरिकी र युरोपेली विदेश नीतिमा राजनीतिक उदारवाद अपनाउनु पर्ने मिसन चलारहेकाहरूले अघि सारेको संकेत दिन्छ । पश्चिमी चासो मुख्य रूपमा यसका पुँजीपति र सुरक्षा योजनाकारले परिभाषित गर्छन्, लोकतन्त्रका स्वघोषित प्रचारक (मिसनरी)ले होइन । ‘रणनीतिक स्वायत्तता’मा भारतीय बहसको धेरै तरिकाले हामीलाई भारतीय विदेश नीतिको आचरणबारे थोरै बताउँछ । ‘लोकतन्त्रको प्रवद्र्धन’को नारा र ‘लोकतन्त्र र निरंकुशता’बीचको दाबी गरिएको विरोधाभासले अमेरिकी विदेश नीतिको प्रकृतिबारे केही बोल्दैन ।

चीनमा ‘कम्युनिस्ट सिद्धान्त’ वा तेहरानमा ‘इस्लामिक अन्तर्राष्ट्रियवाद’बारे पनि यही भन्न सकिन्छ । विश्वका सबै देशमा उनीहरूको भूमिकाबारे राष्ट्रिय भाष्य हुन्छन् । तर, यी भाष्य अनिवार्य रूपमा विभिन्न चासो (आर्थिक, राजनीतिक र सुरक्षा) र बाह्य वास्तविकताको प्रकृतिलाई पछ्याउने आवश्यकताद्वारा नियन्त्रित हुन्छन् । यदि लोकतन्त्र पश्चिमको मुख्य विदेश नीतिको उद्देश्य भएको भए तिनले दशकौँसम्म पाकिस्तानी सेनासँग साझेदारी गर्ने थिएनन् । राजनीतिक रूपमा उत्पीडितहरूका लागि न्याय खोज्नु वासिंटनका लागि सर्वोच्च प्राथमिकता हुने थियो भने उसले बिचरा इमरान खानलाई जेलबाट छुटाउन वा सन् १९७९ मा जनरल जिया–उल हकद्वारा प्रधानमन्त्री जुल्फिकार अली भुट्टोको फाँसीलाई रोक्न सक्ने थियो ।

यदि राजनीतिक उदारवाद पश्चिमको प्रमुख विचारधारा भएको भए बेइजिङलाई शक्तिशाली विश्वव्यापी शक्ति बनाउन वासिंटनले चिनियाँ कम्युनिस्ट पार्टीलाई मद्दत गर्ने थिएन । न त उसले आदिवासी समाजमा राजनीतिक र सामाजिक आधुनिकीकरण ल्याउने प्रयास गर्ने थियो । न उसले सन् १९८० को दशकमा अफगान शासनविरुद्ध विश्वव्यापी जिहाद परिचालन नै गर्ने थियो । सोभियत साम्यवादविरुद्ध लड्ने नाममा चार दशकअघि इस्लामिक कट्टरपन्थीको यो योजनाबद्ध प्रवद्र्धनबाट विश्व आज पनि त्रसित छ । यो अमेरिकाको विदेश नीतिको आलोचना होइन, बरु बयानबाजी र वास्तविकता र भुक्ने र टोक्नेबीचको भिन्नतालाई रेखांकित गर्न हो । राजनीतिक मूल्यहरूले भन्दा बढि भूराजनीतिक आकस्मिकता र व्यापारिक चासोले अमेरिकाको विश्वसँगको संलग्नतालाई आकार दिने गरेको छ । 

अमेरिकाको राजनीतिसँग जोडिएका दिल्लीको चिन्ता
अब हामी अमेरिकी चुनावमा ध्यान दिउँ, जहाँ न भारत, न त यसको लोकतन्त्रको गुणस्तर राजनीतिक मुद्दा हुन् । ट्रम्पले आफू राष्ट्रपति भए देशमा आउने सबै आयातमा १० प्रतिशत भंसार शुल्क लगाउने भनेका छन् । त्यसले दिल्लीलाई पार्ने असरबारे भारत सतर्क राख्नुपर्छ । आखिर, अमेरिका अब भारतका लागि सबैभन्दा महŒवपूर्ण व्यापार साझेदार जो भएको छ । रुस र चीनप्रति ट्रम्पको सम्भावित रणनीतिहरू भारतको महाशक्ति राजनीतिको खेल र वासिंटनसँगको दिल्लीको रणनीतिक साझेदारीमा प्रभाव पार्ने हिस्सा हुनुपर्छ ।

अवैध आप्रवासीलाई पक्राउ गर्न र उनीहरूलाई निष्कासन गर्न अमेरिकी सेना प्रयोग गर्ने ट्रम्पको वाचा भारतका लागि चिन्ताको विषय हुनुपर्छ । भारतका नागरिक वैध कागजातविना अमेरिका प्रवेश गर्नेहरूको सूचीमा शीर्ष स्थानमा छन् । ट्रम्प अमेरिकी राज्यमा व्यापक परिवर्तन ल्याउन अमेरिकी राष्ट्रपतिको विस्तारित शक्ति पनि प्रयोग गर्न चाहन्छन् । यसको आर्थिक भार र विश्वव्यापी भूमिकालाई हेर्दा ट्रम्पको नेतृत्वमा अमेरिकाको ‘लोकतान्त्रिक प्रतिगमन’ले भारतलगायत विश्वका लागि ठूलो प्रभाव पार्नेछ । दिल्लीका सुशिक्षित बौद्धिक वर्ग ती बहसमा सचेत हुनुपर्छ ।
 – इन्डियन एक्सप्रेसबाट