१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन देशमा एनसेलको सुलभ डेटा रोमिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo

एनसेलले प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । कम्पनीले छिमेकी देश भारत, चीन र बंगलादेश जाने प्रयोगकर्तालाई सहजता हुने गरी रोमिङ प्याक ल्याएको जनाएको छ । उल्लिखित देश भ्रमणमा जाँदा सुलभ दरमा सहजै परिवारसँग सम्पर्कमा बस्न सकिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले प्याक सुचारु गर्नासाथ तत्कालै पाँच सय एमबी बोनस डेटा प्राप्त गर्नेछन् । यो प्याकको मूल्य करसहित सय रुपैयाँ रहेको छ । ग्राहकले तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवा पाउने कम्पनीले जनाएको छ । 

प्याक सुचारु गर्न एस्ट्रिक्स १७१२९ एस्ट्रिक्स ५ ह्यास डायल गर्नुपर्नेछ । साथै, एनसेल एप, वेबसाइट र डिजिटल माध्यमबाट पनि सेवा लिन सकिने बताइएको छ । भ्रमणमा जाने व्यक्तिले आवश्यकताअनुसार जतिपटक पनि यो प्याक खरिद गर्न सक्नेछन् । 

यो प्याकले सीमावर्ती सहरबाट भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । साथै, व्यापार–व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकलाई पनि यो प्याक महत्वपूर्ण हुने एनसेलले जनाएको छ  

भारतको हकमा भने प्रयोगकर्ताले इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउनेछन् । साथै, पेएजयुगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ करसहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सकिने बताइएको छ । 

चीन र बंगलादेशको हकमा भने ग्राहकले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवा प्रयोग गर्न सक्छन् ।

ad
ad