१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
देश/विदेश
२o८१ जेठ १७ बिहीबार १o:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायतमा ब्रेक्जिटप्रति बढ्दो असन्तुष्टि

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १o:o२:oo

जनमतसंग्रहपछि मतदाताले आफ्नो विचार विरलै परिवर्तन गर्छन् । क्यानडादेखि स्कटल्यान्ड, नर्वेदेखि स्विट्जरल्यान्डसम्मको अनुभवले जनमतसंग्रहको नतिजाका पक्षमा जाने प्रवृत्ति थप बढ्ने गरेको देखिन्छ । तर, ब्रेक्जिट अपवादजस्तो देखिँदै छ । सन् २०१६ मा ब्रेक्जिटका पक्षमा ५२ प्रतिशले युरोपियन युनियन छोड्ने भनी मतदान गरे पनि बेलायतीमाझ बहुमतले छोड्ने निर्णयलाई गलत रूपमा हेर्ने गरेको देखिन्छ । रिचमन्ड नाम गरेका दुई बेलायती सहरले सन् २०१६ मा फरक मत दिएका थिए ।

रिचमन्ड–ओभन–थेम्स, लन्डनमा ६९ प्रतिशतले नछोड्ने निर्णय गरेका थिए भने ३१ प्रतिशतले छाड्ने निर्णय गरेका थिए र यी राय थप कडा हुँदै गइरहेका छन् । स्थानीय नेता ग्यारेथ रोबर्ट्सका अनुसार ब्रेक्जिटपछिका मुद्दाले सीमामा हुने सुस्तता र राहदानी नियन्त्रणले ब्रेक्जिट विरोधलाई बलियो बनाएको छ । युरोपियन युनियन छाड्ने निर्णय गरेकामा पछुतो नभएको भन्ने रिचमन्डका एक मतदाताले समेत युनियनबाहिर व्यापार सम्झौतामा टोरिज (कन्जरभेटिभ पार्टी)को असफलतामा निराशा व्यक्त गरेका छन् ।

नर्थ योर्कसायरमा रहेको अर्को रिचमन्ड सहरमा ब्रेक्जिटको पक्षमा ५७ प्रतिशतले मत दिएका थिए । मार्केट स्क्वायरमा एक युरोपियन युनियन छाड्ने मतदाताले अर्को रिचमन्डका समकक्षले झैँ छाड्ने निर्णयमा पछुतो मान्दैनन्, तर ती मतदाताले ब्रेक्जिटको राम्रोसँग कार्यान्वयन नभएको र आप्रवासन घटाउने वाचा गरेका टोरिजले आप्रवासन घटाउन नसकेको भन्दै गुनासो गरेका थिए ।

ब्रेक्जिटमा ५२ प्रतिशले युरोपियन युनियन छोड्ने पक्षमा मतदान गरे पनि बहुमत बेलायतीले अहिले यसलाई गलत निर्णय मानेको देखिन्छ

एक स्थानीय बार टेन्डरले सहजै छोड्ने पक्षका लागि मतदान गरेको भए पनि जनमतसंग्रह पुनः सञ्चालन भएमा आफूले ब्रेक्जिटको वास्तविक अर्थ के हो भनेर बुझ्न कडा मिहिनेत गर्ने बताएकी छिन् । रिचमन्डका पूर्वमेयर स्टुअर्ट पार्सन्सले दाबी गरेअनुसार उनका धेरै साथीले आफ्नो मन परिवर्तन गरेका छन् । विशेषतः कन्जरभेटिभबाट धोका पाएको महसुस गर्ने र भविष्यमा बन्द गरिएको सार्वजनिक अनुदानबारे चिन्तित हुने साना किसान यस समूहमा पर्छन् ।

यी भाष्य राष्ट्रिय सर्वेक्षणसँग मिल्छन् । युके इन ए चेन्जिङ युरोप (युकिस) नामक ‘थिंकट्यांक’ले गरेको अनुसन्धानले सन् २०१६ यता अधिकांश मतदाताले आफ्नो विचार परिवर्तन नगरेको देखाएको छ । तर, मूलतः युरोपियन युनियन छाड्ने मतलाई समर्थन गर्नेको ठूलो अनुपात (१६ देखि २० प्रतिशत) छ र यो अनुपातले अडान परिवर्तन गरेको छ । जब कि बाँकी मतदातामध्ये ६ प्रतिशतले मात्र ब्रेक्जिटलाई समर्थन गरेका थिए । यसले ब्रेक्जिटलाई धक्का दिएको देखिन्छ ।

समयसँगै जनसांख्यिकीले पनि भूमिका खेलिरहेको छ, अर्थात् वृद्ध मतदाताले मुख्य रूपमा युरोपियन युनियन छोड्नेतर्फ मतदान गरेका थिए जब कि युवा मतदाताले यसको कडा विरोध गरेका थिए । सन् २०१६ मा अनिर्णीत वा मतदान नगर्ने जमातले अहिले ब्रेक्जिटको कडा विरोध गरिरहेका छन् ।

निराशाका विभिन्न कारण मौजुद छन् । युकिससँग सम्बन्धित सर्वेक्षणकर्ता सर जोन कर्टिसले सन् २०१६ देखि आर्थिक चिन्तालाई लिएर जोड दिएका छन्, जसलाई उनी आप्रवासन निराशाभन्दा बढी महत्वपूर्ण ठान्छन् । लिबरल डेमोक््रयाट सांसद सारा ओल्नीले युरोपियन युनियन अभियानबाट भएको भ्रमको श्रेय बेइमानीलाई दिन्छिन् । राजनीतिक पण्डित पिटर केलनरले धेरै ब्रेक्जिट समर्थक आफ्नो विजयको परिणामका लागि तयार थिएनन्, जुन सामान्यतया पूर्वजनमतसंग्रहको परिदृश्यभन्दा विपरीत हो ।

राजनीतिक पृष्ठभूमिमा हुने परिवर्तनले महत्व राख्छ । योर्कसायरको रिचमन्डका लागि सांसद एवं ब्रेक्जिटका मुखर समर्थक ऋषि सुनकको नेतृत्वमा कन्जरभेटिभ छोड्ने निर्णयसँग मतदाताको विचार जोडिएका छन् । पार्टीको असन्तुष्टि र पाँच वर्षमा चार प्रधानमन्त्रीको अराजकताले टोरी (कन्जरभेटिभ)लाई बदनाम गरेको छ ।

जसरी टोरीले ब्रेक्जिटको दृष्टिकोणलाई धमिलो पारेका छन् त्यसैगरी ब्रेक्जिटले अर्को चुनावमा टोरीलाई चोट पु¥याउने सम्भावना छ । सन् २०१६ मा छाड्ने पक्षमा मतदान गर्ने धेरैले युरोपियन युनियन छोड्दा अझै पनि दीर्घकालीन फाइदा हुनुपर्छ भन्छन्, तर आफूले धेरै प्रगति महसुस गर्न नसकेको बताउँछन् । यो समूह अब टोरिजविरुद्ध गएको छ र समूहले विद्रोही दक्षिणपन्थी रिफर्म पार्टीलाई पनि प्राथमिकता दिन सक्छ । यसका विपरीत सन् २०१६ मा ब्रेक्जिटको विरोध गर्नेले यसले निम्त्याउने आर्थिक प्रभावसँग डराउनु सही थियो भन्ठान्छन् । पहिले जो टोरी थिए अब उनीहरूमध्ये धेरै लेबर पार्टीतर्फ फिर्ता आइरहेका छन् ।

अधिकांश मतदाता ब्रेक्जिटको विपक्षमा भए पनि यसबारे पुनः बहस गर्ने दृढ इच्छा राख्दैनन् । यसको अलोकप्रियताका बाबजुद ब्रेक्जिट अब एक प्रमुख राजनीतिक मुद्दा होइन । केही बाँकी भावुक मानिस पनि युरोपियन युनियनमा पुनः सामेल हुन लामो प्रयास सुरु गर्ने विचारमा अनिश्चित छन् । ब्रेक्जिटमा व्यापक छलफलको बेवास्ता गर्ने लेबर पार्टीको रणनीति अर्थपूर्ण छ किनभने पार्टी उत्तर र मिडल्यान्ड्समा सन् २०१६ मा ब्रेक्जिटलाई समर्थन गर्ने र त्यसपछि सन् २०१९ मा कन्जरभेटिभलाई मतदान गर्ने सिट जित्ने लक्ष्य राखेका छन् ।

जब लेबर पार्टी सत्ताशक्तिमा आउँछ तब युरोपियन युनियनसँग सम्बन्ध बढाउन लचिलो हुनेछ । पार्टीभित्रका कतिपयले युरोपेली नियम फराकिलो रूपमा जोडिनका लागि वकालत गर्दै हालको व्यापार सम्झौतालाई वृद्धि गर्ने मात्रै प्रस्ताव गर्छन् । सन् २०१६ को जनादेशको विश्वासघातजस्ता विचारमा टोरीको आक्रमण प्रतिध्वनित हुने सम्भावना निकै कम छ किनभने ब्रेक्जिटको आकर्षण धेरैका लागि गुमेको छ ।
– द इकोनोमिस्टबाट

ad
ad
ad
ad