Skip This
गोठालो गएकी बालिकाको करेन्ट लागेर मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Tuesday, 11 August, 2026
२o८१ बैशाख २ आइतबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोठालो गएकी बालिकाको करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १८:१३:oo

जुम्लामा बाख्रा चराउन गएकी एक बालिकाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ।

सिँजा गाउँपालिका– ३ छ्यानीगाडानिवासी १२ वर्षीया नवीना गिरीको करेन्ट लागेर मृत्यु भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

गाउँदेखि १५ मिनेटको दूरीमा पर्ने पेटाढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर सोही गाउँका ७५ वर्षीय हरिकृष्ण गिरी घाइते भएका छन्।

घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घाइते गिरीलाई उपचारका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको छ।