नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सरकारले संसद्को चालू अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।