१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
अमिताभ तिवारी
२o८१ जेठ ७ सोमबार o९:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

आगामी चुनावमा भाजपाको जितका पाँच आधार

Read Time : > 2 मिनेट
अमिताभ तिवारी
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:o१:oo

अप्रिल ६ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो ४४औँ वार्षिकोत्सव मनायो । यसको स्थापना दिवसको मूल विषयवस्तु ‘फिर एक बार मोदी सरकार’, अर्थात् फेरि एकपटक मोदी सरकार भन्ने थियो । तसर्थ, आगामी निर्वाचनमा पार्टीको सम्भावनाको मूल्यांकन गर्ने र आफ्नो किल्ला कत्तिको बलियो छ भनी हेर्न यो उपयुक्त समय हो । सन् २०१४ मा भाजपाले कंग्रेसलाई व्यापक रूपमा पराजित गर्दै २८२ सिट जित्यो (३१ प्रतिशत भोट सेयर) । अर्को लोकसभा चुनावमा पार्टीले ३०३ सिट ल्यायो । बहुमतका लागि कुनै पनि दलले २७२ सिट ल्याउनुपर्छ । ५४५ सिट भएको लोकसभामा ५४३ सिटका लागि निर्वाचन हुन्छ ।

१. भारतको सबै क्षेत्रमा ठूलो पार्टी
सामान्यतया यो विश्वास गरिन्छ कि भारतीय जनता पार्टी उत्तर र पश्चिम क्षेत्रमा बलियो छ । तर, पूर्व र दक्षिण क्षेत्रमा भने कमजोर छ । यद्यपि, यो सत्य हो कि भाजपा अझै पनि चारवटै क्षेत्रमा सबैभन्दा ठूलो पार्टी हो । किनभने पूर्वी र दक्षिणी क्षेत्रमा धेरै क्षेत्रीय दलको प्रभाव भए पनि एक साझा ब्यानरअन्तर्गत उनीहरूमा एकता छैन । उत्तर र पश्चिम क्षेत्र भाजपाको गढ हो, जहाँ अघिल्लो निर्वाचनमा यसले क्रमशः १९१ सिटमध्ये १५५ र ७८ सिटमध्ये ५१ मा जित हासिल गरेको थियो । तर, पूर्व र दक्षिणमा भाजपाको प्रदर्शन फितलो रह्यो । यसले पूर्वमा १४२ मध्ये ६७ सिटमा (आधाभन्दा कम) र दक्षिणमा १३२ सिटमध्ये ३० (केवल २५ प्रतिशत) सिट मात्र जित्यो । यी दुई क्षेत्रअन्तर्गतका विशेषगरी पश्चिम बंगाल, ओडिसा, तमिलनाडु र केरलाजस्ता राज्यहरू सन् २०२४ मा भाजपाको ‘फोकस’ क्षेत्र हुन् ।

२. सन् २०१९ मा फराकिलो मतान्तर 
सन् २०१९ को निर्वाचनमा भाजपाले ५० प्रतिशतभन्दा बढी भोट सेयरसाथ जितेका २२४ सिट थिए । यसको मतलब पार्टीले कुल सिटको लगभग ७५ प्रतिशत प्रस्ट रूपमा जित्यो । चार राज्यहरू– दिल्ली, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र गुजरातमा पार्टीले ५० प्रतिशत वा सोभन्दा बढी भोट सेयरका साथ आफ्ना सबै सिट जित्यो, जबकि अन्य ६ वटा राज्यहरू– बिहार, कर्नाटक, असम, राजस्थान, हरियाणा र मध्यप्रदेशमा यसको तीनचौथाइ सिट कुल मतको आधाभन्दा बढीले जितेको थियो । उत्तर प्रदेश र महाराष्ट्रजस्ता राज्यका झन्डै दुईतिहाइ निर्वाचन क्षेत्रमा पनि त्यस्तै ढंगले जितेको थियो भने पश्चिम बंगालमा एकचौथाइ सिटमा विजयी भएको थियो । यसविपरीत ओडिसामा (जहाँ त्रिकोणीय प्रतिस्पर्धा भयो) भाजपाले ५० प्रतिशतभन्दा बढी मतले जितेका त्यस्ता कुनै सिट थिएनन् ।

भाजपाले जितेका कुल ३०३ सिटमध्ये २२६ सिटमा एक लाखभन्दा बढी मतको अन्तरले विजय हासिल गरेको थियो । यीमध्ये १०५ सिटमा वास्तवमा विजय मतान्तर तीन लाख मतभन्दा बढी थियो । पार्टीको विजयी धार ५० हजारभन्दा कम भएको ठाउँमा ४० सिट मात्रै थिए र यी सिट कमजोर मानिने वा नजिकबाट प्रतिस्पर्धा गर्न सकिने सिट हुन् ।

३. लोकप्रियतामा कमी नआएको 
भाजपाले सन् २०१४ र २०१९ दुवैमा जितेका २४७ सिटलाई बलियो रूपमा वर्गीकृत गर्न सकिन्छ । ऐतिहासिक प्रवृत्तिको आधारमा त्यहाँ ९५ सिट छन्, जुन भाजपाले लगातार तीनवटा चुनावमा जितेको छ र पछिल्ला तीन चुनावमा दुईपटक जितेका १६७ सिट छन् । यसरी, कुलमा भाजपाको २६२ सिटमा राम्रो सम्भावना छ । त्यो २७२ (बहुमत प्राप्तिका लागि आवश्यक) को जादुई अंकभन्दा १० सिट मात्र कम हो । यसबाहेक, सन् २०१९ मा पार्टी ७२ सिटमा उपविजेता थियो र तीमध्ये १७ सिटमा पाँच प्रतिशतभन्दा कम अन्तरले पराजित भएको थियो । सन् २०१९ मा भाजपाले अघिल्लो चुनावमा जितेको ३५ सिट गुमाएको थियो । तीमध्ये २० सिट उत्तर प्रदेश र बिहारको गढमा थिए ।

४. अघिल्लो पटकभन्दा ठूलो गठबन्धनको साथ
यस वर्ष भाजपाले धेरै गठबन्धन जोड्ने प्रयास गरेको छ र कर्नाटकमा जनता दल सेक्युलर (जेडी–एस), आन्ध्र प्रदेशमा तेलुगु देशम पार्टी (टिडिपी), उत्तर प्रदेशमा राष्ट्रिय लोक दल (आरएलडी) र महाराष्ट्रमा राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी)जस्ता साझेदार थपेको छ । समग्रमा, यो वर्ष चार राज्यमा पार्टीको गठबन्धन कायम रहनेजस्तो देखिन्छ, जसमा १८१ सिट छन्, जुन लोकसभाको शक्तिको एकतिहाइ हो । यस हिसाबले भाजपा गठबन्धन सन् २०१९ मा भन्दा बलियो छ ।

५. मोदी प्रभाव
अन्तमा लोकसभा निर्वाचन बढ्दो रूपमा राष्ट्रपतिको शैलीमा बढ्दै जाँदा नरेन्द्र मोदीले राहुल गान्धीमाथि ठूलो अग्रता कायम गर्न सक्छन् । राहुल विपक्षी गठबन्धन (आइएनडिआइए)को तर्फबाट ब्लकको आधिकारिक प्रधानमन्त्री अनुहार पनि होइनन् । मोदीले आफ्नो तेस्रो कार्यकालमा ठूलो जनविश्वास र विश्वसनीयता पाएका छन् र धेरैले उनलाई आफ्नो पार्टीको जित र हारबीचको भिन्नता ठान्छन् । तथ्यले यस चुनावमा भाजपाको लगभग अजेय प्रकृतिलाई जोड दिन्छ । के विपक्षीले त्यो अडानलाई अपमान गर्न सक्छ ?

(राजनीतिक रणनीतिकार तथा टिप्पणीकार अमिताभ तिवारीको आलेख ।)

ad
ad