१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत

पदाधिकारी सर्वसम्मत चयन हुँदा सदस्य निर्विरोध गराउन हम्मेहम्मे, बिहीबार टुंगो लगाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २३:oo:oo

एमाले नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ।

निर्वाचनमण्डलका संयोजक रहेका एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज मना केसी जिसीले अध्यक्ष जीवन श्रेष्ठसहित पदाधिकारीमा सर्वसम्मत भएको घोषणा गरेका हुन्।

उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत चयन भएका छन्।

एक सय पाँच सदस्यीय नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यहरू भने घोषणा गरेको छैन।

सदस्यहरूमा सर्वसम्मत गर्नका लागि बिहीबारसम्मका लागि समयसीमा दिएकाले आजै सर्वसम्मत घोषणा नभएको एमालेनिकट प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोइरालाले जानकारी दिए।

एमाले स्रोतका अनुसार सदस्यहरूका लागि भएको समूह–समूहगत छलफलबाट अधिकांश सदस्य पदमा पनि सहमति जुटेको र एकाध क्लस्टरमा सहमति जुट्न बाँकी रहेकाले बिहीबारसम्मका लागि समयसीमा दिएको हो ।

ad
ad