नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ चयन भएका छन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले झापा १ (१)बाट निर्वाचित तामाङलाई मंगलबार प्रमुख सचेतक चयन गरेका हुन्।
२९ सांसद रहेको नेपाली कांग्रेस कोशी संसदीय दलको प्रमुख सचेतकमा पहिले खोटाड १ (२)बाट निर्वाचित भूपेन्द्र राई प्रमुख सचेतक थिए । राईले पदबाट राजीनामा दिएपछि कांग्रेसमा प्रमुख सचेतक पद रिक्त थियो।