नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ अधिवेशनले तुलसी सिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। शनिबार राति अबेर सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये उपाध्यक्षमा किरण माली र सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ। त्यसैगरी, दुई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदीलाई निर्वाचित गरेको छ।
आठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सिवाकोटी र सचिव पराजुलीले कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटीलाई अगाडि बढाउने र आगामी तीन वर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने बताएका छन्।
अधिवेशनले महिला, युवा, समग्र, जुगकाटेमयु, होटेल, युनिट्राभ, यातायात, अटो, क्युपेक, स्वरोजगार, नेभा, स्वास्थ्य, सुरक्षा, बाप्सु, सफाइ, इम्प्रसन स्पोर्टस्, उपत्यकाका कामपासहित भक्तपुर र ललितपुरका विभिन्न नगरसहितका प्रतिनिधिलाई समेटेर सदस्यहरू निर्वाचित गरेको छ।
सदस्यहरूमा रञ्जु थापा, गंगा नकर्मी, गीता लामिछाने, कुमारी घिमिरे, कल्पना आचार्य, अनुपा अर्याल, उदास श्रेष्ठ, निमप्रसाद बराल, कोपिला मैनाली, रमा गजुरेल, हरिभक्त अर्याल, शारदा धिमाल, विदुरप्रसाद भट्टराई, अमरबहादुर तामाङलाई निर्विरोध चयन गरेको छ।
त्यसैगरी, शंकर थापा, विष्णु लामा, प्रदीप घिमिरे, कीर्तिनिधि विष्ट, यमकली तामदामी, पूर्णप्रसाद देवकोटा, नानीमैयाँ बस्नेत, मीना गुरुङ डंगोल, राजेन्द्रसिंह ठकुरी, भैरवकुमार श्रेष्ठ, चन्द्रसागर लामा, ईश्वरबहादुर दुवाडी, कृपा कार्की, रोशन शाही, टेकनारायण यादव, डाकबहादुर राउत, टेकबहादुर पौडेल, मालती महत थापा, प्रकाश बस्नेत सदस्य रहेका छन्। अरू सदस्यमा दिवाकर पोखरेल, रामकुमार ढुंगाना, शिवकुमार श्रेष्ठ, बिलबहादुर कार्की, यादवप्रसाद ढकाल, मञ्जु ज्ञवाली, कुमारप्रसाद ढुंगाना रहेका छन्।
अधिवेशनले बाबुराम कोइरालाको अध्यक्षतामा ५ सदस्यीय लेखा कमिटी पनि निर्वाचित गरेको छ। लेखा कमिटीको उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा साजन श्रेष्ठ तथा सदस्यहरूमा रञ्जु जोशी र शारदा जैशी शर्मा रहेका छन्।