Skip This
अध्ययन कोठा सजाउने तरिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २० मंगलबार ११:२३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अध्ययन कोठा सजाउने तरिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार ११:२३:oo

मानिसलाई पढ्नका लागि शान्त वातावरण आवश्यक पर्छ । आफ्नो अध्ययन कक्षलाई चिटिक्क र सफा राख्दा अध्ययनमा ज्यादा केन्द्रित हुन र नतिजा निकाल्न सहयोग पुग्छ । चिटिक्क कोठाले शान्तिसँगै प्रेरणा र ऊर्जा पनि दिन्छ । यसले पढ्ने र काम गर्ने जाँगरलाई बढाउँछ । 

प्रशस्त प्रकाश : अध्ययन कक्षमा प्रकाश प्रशस्त हुनुपर्छ । दिउँसोको समय प्राकृतिक प्रकाश आउने ठाउँमा अध्ययन कक्ष बनाउनु राम्रो हुन्छ । यसले बेग्लै ऊर्जा दिन्छ । 

हरियाली : कोठामा इन्डोर प्लान्ट्सहरू रोप्दा ताजगी मिल्छ । यसले हावा शुद्धीकरण गर्छ र वातावरणलाई शान्त राख्छ । जसकारण, तपाईंको मुड राम्रो हुन्छ । 

संयोजन : कोठामा रहेका सामग्रीहरूलाई भद्रगोल हुन दिन हुँदैन । राम्रोसँग सामानहरू सजाएर राख्नुपर्छ । किताब राख्ने ¥याक, त्यसमा पनि फाइल, पुस्तक, कापीलगायत राख्ने स्थान सबैलाई संयोजित गर्नुपर्छ । यसले गर्दा चाहेको समयमा आवश्यक पुस्तक वा कपी सहजै फेला पार्न सकिन्छ र अलमल हुँदैन । 

प्रेरक सामग्री : अध्ययन कक्षमा ऊर्जा भर्ने खालका प्रेरक सामग्रीहरू राख्नुपर्छ । तपाईंको लक्ष्यमा ऊर्जा भर्ने प्रेरणादायी पुस्तक, जर्नललगायतलाई मिलाएर राख्नुस् । भित्तामा पनि प्रेरक भनाइहरू लेखेर टाँस्न सकिन्छ । 

रंग : त्यस्ता रंगको चयन गर्नुस् जसले तपाईंको ध्यानलाई बढावा दिन्छ । हल्का निलो, हल्का पहेँलो वा न्युट्रल कलर राम्रो हुन्छ । पहेँलो र सुन्तला रंगले ऊर्जा दिन्छ । 
प्रविधि : कम्प्युटर, प्रिन्टर्स, चार्जिङ स्टेसनलगायत आवश्यक पर्ने प्रविधिहरूलाई संयोजित रूपमा राख्नुपर्छ । 

प्रमाणपत्र : आफूले हासिल गरेका प्रमाणपत्र, अवार्ड वा पुराना दिन सम्झाउने फोटोलाई अध्ययन कक्षमा सजाएर राख्न सकिन्छ । यसो गर्दा पुराना दिनको स्मरण हुन्छ र ऊर्जा पनि मिल्छ ।