१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस सर्लाही
२o८१ बैशाख १९ बुधबार १२:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुन्डी कारोबार गरेको आरोपमा दुईजना पक्राउ

Read Time : > 1 मिनेट
रासस, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४२:oo

प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु. २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका– ३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका– ७ घर भई मलंगवा नगरपालिका– ९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन्।

प्रहरीका अनुसार मलंगवा नगरपालिका– ९ बाट रु. १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु. नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको होजानकारी दिए। साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमा समेत छापा मारेको थियो। पसलबाट स्रोत नखुलेको रु. १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु. एक हजार दरका एक हजार चार सय ५४ थान, रु. पाँच सय दरका ६ सय २२ थान, रु. एक सय दरका एक सय नौ थान, रु. ५० को एक थान र रु. २० को एक थान नेपाली नोट बरामद गरेको हो।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरूले अवैध हुन्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ। उनीहरूलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहान मात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो।

ad
ad