१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वैशाख ८ गते ‘पिंक केयरएथन’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:५५:oo

महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ। लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो।

काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ। यसपटकको कार्यक्रममा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ।

जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

आयोजकले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पिंक केयरएथनमा यसपटक दुई हजार पाँच सयदेखि तीन हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ।

महिला स्वास्थ्य, सचेतना र लोककल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलालाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

काठमाडौं पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन्। सहभागी हुन चाहने महिलाले इसेवाबाट नाम दर्ता गर्न सक्नेछन्। पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारीअनुसार तोकिएका स्थानमा गएर भौतिक रूपमा पनि नाम दर्ता गर्न सकिनेछ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो।

ad
ad