१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय ।
२o८१ जेठ २ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निर्माण व्यवसायीको बक्यौता भुक्तानी प्रक्रिया अघि बढिसक्याे : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:४५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरूले पाउनुपर्ने बक्यौता रकम भुक्तानीकाे प्रक्रिया अघि बढिसकेकाे बताएका छन्।
बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सुरु नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिसकेको बताए।

‘निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्रीले भने, ‘बाँकी रकम तुरुन्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छु। छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ ।’

उनले पूर्वाधार विकासका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने भएकाले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय पनि सरकारको प्राथमिकतामा रहेको बताए। खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने प्रधानमन्त्रीको भनाइ छ। 

‘सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन, खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण गर्नु पनि सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले उद्योगमैत्री कानुन निर्माणको क्रममा निर्माण व्यवसायीहरूको समेत सहभागितामा सुझाव लिने प्रतिबद्धता जनाए। 

ad
ad