१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:१९:oo

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्। बिहीबार राष्ट्रिय सभा अध्यक्षसमक्ष अर्यालले राजीनामा बुझाएकी हुन्।

‘नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा (६)को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम संघीय संसद् राष्ट्रिय सभा उपाध्यक्षको पदबाट राजीनामा दिएकी छु,’ राजीनामापत्रमा उल्लेख छ।

माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

ad
ad