१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले लमजुङको नवौँ अधिवेशन शुक्रबारदेखि

लोगो र जिंगल सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:३४:oo

चैत १६ र १७ गते हुने नेकपा एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशन प्रचारप्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
    
कार्यक्रममा एमाले केन्द्रीय समिति सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमालले जिल्ला अध्यक्षका कार्यकाल तीन वर्ष रहने भए पनि संगठन सुदृढीकरणका लागि जिल्ला अधिवेशन गर्न लागिएको बताइन्।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आन्तरिक संगठन सुदृढीकरण गर्दै पार्टीको जिल्ला, पालिका र वडाका अधिवेशनहरू गर्दै पार्टीलाई नयाँ स्वरूप र ऊर्जाका साथ अघि बढाउने अभियानमा लागेको बताए। जिल्ला अधिवेशनमा पाँच सय ३७ जना प्रतिनिधिले भाग लिनेछन्। आयोजक कमिटीअन्तर्गत जिल्ला कमिटीका एक सय सात, सल्लाहकार परिषदबाट १०, लेखा कमिटीबाट ६ र जनसंगठनबाट ४५ जना प्रतिनिधि छनाेट भएका अध्यक्ष अधिकारीले बताए।

भूगोलअन्तर्गत बेँसीसहर नगरपालिकाबाट ७७, सुन्दरबजार नगरपालिकाबाट ५३, मर्स्याङ्दी गाउँपालिकाबाट ४८, राइनास नगरपालिकाबाट ४७ प्रतिनिधि छनोट भइसकेका छन्। यसैगरी, मध्यनेपाल नगरपालिकाबाट ४५, क्व्हाेलासोंथर गाउँपालिकाबाट ३८, दोर्दी गाउँपालिकाबाट ४० र दुधपोखरी गाउँपालिकाबाट २१ जना प्रतिनिधि छनाेट भएर आएका छन्।

प्रतिनिधि छनाेट गर्दा संगठित सदस्य जतिसुकै भए पनि प्रत्येक वडाबाट एक महिला र दुई खुलासहित कम्तीमा तीनजना प्रतिनिधि चयन गरिएको छ।  
        
अधिवेशनको लोगो र जिंगल सार्वजनिक
जिल्ला अधिवेशनको लोगो र जिंगलसमेत सार्वजनिक गरिएको छ। जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिले बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो र जिंगल सार्वजनिक गरेको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, लमजुङ इन्चार्ज रामशरण बस्नेत, पालिका इन्चार्ज जमिन्द्रमान घले, प्रदेश सदस्य धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी र प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण केसीले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन्। लोगोमा जिल्लाको ऐतिहासिक पृष्ठभूमि  र पर्यटनलाई जोड दिइएको छ।

ad
ad