१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ २ बुधबार १६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१५:oo

घरेलु टोली नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृंखलाको पहिलो खेल ६ विकेटले जितेको छ। बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपालले २३ बलअघि नै सहज जित निकालेको हो। अब, नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालको इनिङस्मा ओपनर कुशल भुर्तेल र पाँचौैँ नम्बर क्रिजमा पुगेका सन्दीप जोराले ५४ रनको बलियो साझेदारी गर्दै जितको आधार तय गरेका हुन्। चौथो विकेटको रूपमा सन्दीप ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन बनाएर आउट भए। ४.५ ओभरमा ३७–३ अवस्थामा रहेको नेपाललाई भुर्तेल र जोराको जोडीले १३.१ ओभरमा ९१–४ को अवस्थामा पुर्‍याएका थिए।

त्यसपछि पनि क्रिजमा रहेका कुशल भुर्तेलले ३२ बलमा चार चौकासहित अविजित ३७ रन बनाएका हुन्। जोरा आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा दुई चौका र एक छक्कासहित २० रनको योगदान गरे।

यसबाहेक अर्का ओपनर आसिफ शेखले ११ बलमा १६ रन बनाएर आउट भए। उनले दुई चौका र एक छक्का हिर्काएका थिए। आसिफ आउट भएसँगै कप्तान रोहितकुमार पौडेल पनि दुई बल खेलेर विनारन पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो। आशालाग्दा अलराउन्डर गुल्सन झा पनि पाँच बलमा एक चौकासहित चार रन बनाएर आउट भए। तर, सन्दीप र कुशल भुर्तेलले नेपालले इनिङ्स उकासेका हुन्।

आयरल्यान्डका  लागि गेराथ डेलानीले दुई तथा वेन ह्वाइट र थोमस मायसले समान एक विकेट लिए।

यसअघि पहिलो इनिङ्समा आयरल्यान्डका लागि स्टेफन डोहेनीले ३९ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए। त्यस्तै, थोमस मायस र लिआम म्याकर्थीले समान १६ तथा फियोन ह्यान्डले ११ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कुशल भुर्तेल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई विकेट हात पारे । करण केसी र कुशल मल्लको नाममा एक विकेट रह्यो । नेपालका करण केसीले दोस्रो बलमै चार रन जाेडेका ओपनर रोस एडाइरलाई बोल्ड गरे पनि आयरल्यान्ड दबाबमा आएको थियो । २५ रन बनाउँदा ३.६ ओभरमा ललितनारायण राजवंशीले कोड कार्मिचाइललाई आउट गरेका हुन् । 

नेपाल राष्ट्रिय टोलीपछि आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ टिमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्ने तालिका छ ।

ad
ad