१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल लाइफद्वारा जीवन बिमाका समसामयिक विषयमा अन्तर्क्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:२२:oo

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमाका समसामयिक विषयमा काठमाडौंको होटेल एम्बेसडरमा विशेष अन्तर्क्रिया कार्यक्रम गरेको छ। विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा नेपाल लाइफका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा उक्त कार्यक्रम गरिएको हो।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्स्याेरेन्सका उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालको बिमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूबारे चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरू जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरिरहेका फिलिप ज्याक्सनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए। 

मिलिम्यान समूहका पार्टनर तथा नेपाल लाइफका एक्चुअरी फिलिप ज्याक्सनले नेपालको बिमा क्षेत्रका अवसर, समस्या र चुनौतीबारे बृहत् प्रस्तुतीकरण दिएका थिए। साथै नेपाली जीवन बिमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूबारे चर्चा गरेका थिए। 

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बिमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताए।

ad
ad