१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसद्वारा संसदीय समितिको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:४८:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसsf प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति गठन गर्न सरकार तयार नभए संसद् चल्न नदिने चेतावनी दिए। 

आज प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गर्दै उनी कुनै सहकारीको सञ्चालक, व्यवस्थापन वा लेखा समितिमा नभएको बताएका थिए। 

सांसद लेखकले सदनमा प्रधानमन्त्रीले दिएकाे जवाफले आफूहरूकाे चित्त नबुझेको र प्रधानमन्त्री आफैँ अँध्यारोमा रहेको आरोप लगाए। 

उनले भने, ‘सदनभित्र छानबिन समिति गठन गरौँ। प्रमाण छ कि छैन हेरौँ। पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा पनि प्रधानमन्त्रीले प्रमाण छैन भन्नुहुन्छ। के प्रमाण हुँदा अनुसन्धान हुन्छ माननीय प्रधानमन्त्रीज्यू ?’  

ad
ad