१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टिपर दुर्घटनामा च्यापिएका चालकको पाँच घण्टापछि जीवितै उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:५२:oo

मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा च्यापिएका चालकको झन्डै ५ घण्टापछि जीवितै उद्धार गरिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा सोमबार बिहान भएको टिपर दुर्घटनामा च्यापिएका चालकको ५ घण्टापछि जीवितै उद्धार गरिएको हो।

चालक हटौँडा उपमहानगरपालिका–१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको अहिले हेटौँडा– ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। वाइबाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेकाे प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।

चालक वाइबाको उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट टोली खटिएको थियो। उद्धारमा नेपाली सेनाको हाइड्रा, सेनाको प्राविधिक टोली र दुईवटा एक्साभेटरको प्रयोग भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

ad
ad