मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ५ सोमबार १७:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १७:१९:oo

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्यसहित पेस गरेकाे कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ। सभाले सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्कासन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभाले संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहितकरण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ। यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुके नियुक्त भइसकेका छन्।

सभाले आ.व. ०८०–८१ को लागि बाह्य लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।